बिहिबार , फागुण १३, २०७७

नियुक्ति रोक्न माग गर्दै दायर रिटमाथि कारण देखाउ आदेश

नियुक्ति रोक्न माग गर्दै दायर रिटमाथि कारण देखाउ आदेश

२३ माघ, काठमाडौं। संवैधानिक अंगका पदाधिकारीको नियुक्ति र शपथ ग्रहण रोक्न माग गर्दै दायर भएको रिटमाथि सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता निदेश त्रिपाठीले दायर गरेको उक्त रिटमाथि सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

अधिवक्ता त्रिपाठीले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । तर, गत बुधबार पदाधिकारीहरुले नियुक्ति तथा शपथ ग्रहण गरेर जिम्मेवारी सम्हालीसकेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय