बिहिबार , फागुण १३, २०७७

कांग्रेसद्वारा आन्दोलनका कार्यक्रमको व्यापकताका लागि अपिल

कांग्रेसद्वारा आन्दोलनका कार्यक्रमको व्यापकताका लागि अपिल

२३ माघ, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन एवं आन्दोलनको शैली र संवैधानिक निकायमा गराइएको शपथका विषयमा थप गम्भीरता र एकता राख्दै आन्दोलनका कार्यक्रमहरुमा व्यापकताका लागि सबैलाई अपिल गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत संवैधानिक परिषद्सम्बन्धी संविधानमा व्यवस्था गरिएको प्रावधान, मर्म र विधिलाई वर्तमान सरकारले शुरु देखिनै कुल्चिँंदै आएको टिप्पणी गर्दै त्यसविरुद्ध पार्टी संस्थागत निर्णयका साथ प्रष्ट रुपले विरुद्धमा उभिएको स्पष्ट पारे ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

“संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो शपथ ग्रहण संविधानको मर्मविपरीतको कर्म गर्ने प्रवृत्तिविरुद्ध हाम्रो सङ्घर्ष जारी छ, जारी रहनेछ”, विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले संसद् विघटनविरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने उल्लेख गर्दै जनताले दुःख पाउने गरी बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न आफू दृढ रहेकोसमेत जनाएको छ । साथै कांग्रेसले विघटनविरुद्ध उभिएका सबै दल र संस्थालाई पनि सो अपिल गरेको छ ।

वर्तमान सरकार बनेपछि जनविरोधी कदमहरु र प्रवृत्तिविरुद्ध कांग्रेस संसद् र सडक दुवै ठाउँमा शालिन ढङ्गले प्रस्तुत हुँदै आएको उल्लेख गर्दै उहाँले अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम आयोजना नगरेको बताए । प्रतिनिधिसभा विघटन लगत्तै कांग्रेसले आयोजना गरेको सर्वदलीय बैठकबाट निर्मित साझा धारणाको पक्षमा आन्दोलनका अलग–अलग कार्यक्रम मार्फत व्यापक जनमत प्रकट भइरहेको पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेसले संसद् विघट्नविरुद्ध गत पुष १३, पुस २५, यही माघ ३, माघ ८ र माघ १९ गते विभिन्न तहमा पार्टी र भ्रातृ संस्थाहरुबाट व्यापक सहभागिता साथ प्रदर्शन सम्पन्न गरिसकेको छ । साथै भोलि माघ २४ गते शुभेच्छुक संस्थाहरुको प्रदर्शनपश्चात आगामी फागुन ३ गते ७७ जिल्लामै कांग्रेस जिल्ला कार्यसमितिको नेतृत्वमा एकसाथ सशक्त प्रदर्शनको कार्यक्रम पूर्वनिर्धारित रहेको प्रवक्ता शर्माले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय