लोकतन्त्रतर्फ कर्के आँखा नलगाए हुन्छ : ओली
नेपालबहस संवाददाता
माघ २३, २०७७ शनिबार ३:३४:३३
२३ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष केपी ओलीले मुलुक ताजा जनादेशका लागि निर्वाचनमा होमिएको बताएका छन् । नेकपा वाग्मती प्रदेश कमिटीले आज यहाँ आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले निर्वाचनले नै सबै विषयको फैसला गर्ने बताए ।
उनले भने, “जनतालाई अहिले अस्थिरता होइन चुनाव चाहिएको छ । त्यसैले देश चुनावतर्फ गयो, गयो । अब चुनावले फैसला गर्छ कसको सरकार बन्नुपर्छ भनेर । ” उनले संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम।गर्न नपाएमा प्रतिनिधिसभा विघटन गर्न अधिकार हुने बताए । “बेलायतमा लिखित संविधान छैन । प्रधानमन्त्रीले संसद् विघटन गर्ने कुरा लेखेको छैन तर अस्ति भर्खर संसद् विघटन गरेर चुनाव गराए”, उनले भने, “यसरी प्रधानमन्त्रीलाई काम गर्न नदिइएपछि संसद् विघटन हुन्छ ।”
उनले सरकारलाई आफ्नै पार्टीका नेताबाट काम गर्न नदिइएकाले आफूले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जानु परेको स्पष्ट पारे । “उनीहरुले सरकार चलाउन दिएनन, लोकतन्त्र र संसद्लाई ठीक ढङ्गले चल्न दिएनन, संसद्लाई केही काम गर्न नदिने गरी पङ्गु बनाउन थाल्नुभयो”, प्रधानमन्त्रीले भने, “फेरि पहिलेको जस्तो किनबेचको राजनीति, पहिले जस्तो समीकरणको राजनीति, बहुमतको सरकार ढालेर जोडजामको राजनीति उहाँहरुले खोज्नुभयो ।
त्यसकारण मैले काम गर्न अवस्था नभएपछि नेपाली जनताका बीचमा ताजा जनादेशमा जानुपरेको हो ।” देशलाई समृद्ध र भ्रष्टाचारमुक्त बनाउन आफूले लिएको अभियान असफल पार्न विभिन्न षड्यन्त्र गरिएको बताउँदै उनले अरुबाट मिचिएको मुलुकको भूमि समेटी नक्शा छापेर संविधान संशोधन भएपछि आफूलाई सरकारबाट हटाउन खोजिएको आरोप लगाए ।
अदालत र निर्वाचन आयोग स्वतन्त्र भएकाले तिनले विवेकसम्मत निर्णय गर्ने विश्वास व्यक्त गर्दै उनले ती निकायलाई नधम्काउन आग्रह गरे । “निर्वाचन गर्दा देश सङ्कटमा पर्छ ? जनताले सरकार छान्दा, जनताले आफै फैसला गर्दा, त्यो फैसलाअनुसार अगाडि बढ्दा देश संकटमा पर्छ ?”, उनले प्रश्न गर्दै भने, “केही मान्छेहरूले कुनामा बसी षड्यन्त्र गरेर अरुका लागि काम गर्दा देश सङ्कटमा पर्ने हो ।”
‘लोकतन्त्र कसैले खोस्न सक्दैन’
उनले अब नेपाली जनताको चेतनाको स्तर बढेकाले कसैले पनि लोकतन्त्र खोस्न नसक्ने बताए । “कसैले कुनै हिसाबले लोकतन्त्रलाई केही गर्न सक्दैन । लोकतन्त्रको भविष्य सुदृढ र उज्ज्वल छ किनकि नेपाली जनता सचेत छन्”, उनले भने, “यहाँ कसैले पनि लोकतन्त्रलाई केही गर्छु भनेर नचिताए हुन्छ । लोकतन्त्रतर्फ कर्के आँखा नलगाए हुन्छ ।
प्रतिगमन नसोचे हुन्छ । यो देश अब अघि बढ्यो, बढ्यो ।” नेपाललाई समाजवादोन्मुख तथा सामाजिक न्यायसहितको समृद्धिको देश बनाउन कसैले रोक्न नसक्ने बताउँदै उनले निराश नभएर एकताबद्ध भई देश विकासमा लाग्यौँ भने कसैले पनि आफूहरुलाई रोक्न नसक्ने दृढता व्यक्त गरे ।
अहिलेको सरकारले जनताका लागि जसरी काम गरेको छ, त्यसरी इतिहासमा कुनै सरकारले काम गरेको छैन भन्दै उनले कोभिड– १९ को कारणले पछाडि परेको पर्यटन र उद्योग क्षेत्र अब चाँडै उठ्ने बताए । कोभिड १९ को रोकथाम र नियन्त्रणमा सरकारले प्रभावकारी काम गरेको बताउँदै प्रधानमन्त्रीले अहिले ८५ ठाउँबाट पीसीआर परीक्षण र यही माघ १४ गतेदेखि खोप दिन थालिएको जानकारी दिए।
पार्टीभित्रकै कारणले आयोग बनेन
निर्वाचित सरकार भए पनि तीन वर्षसम्म पार्टीभित्रकै किचलोको कारणले संवैधानिक आयोगहरु पूर्ण नभएको उनले स्पष्ट गरे । “तीन वर्षसम्म आयोग बनेन, दुई चार जना पार्टीबाट बाहिरिएपछि आयोग बन्यो । निर्वाचन भएको तीन वर्षपछि बल्ल आयोग बन्यो,” उनले भने, “ती मान्छे छउञ्जेल आयोग गठन गर्न सकेनौँ । तिनलाई आयोग बनेको कत्रो पिर, बनेको भोलिपल्ट नेपाल बन्द । ”
विद्युतमा आत्मनिर्भर
उनले मुलुक छिट्टै विद्युतका क्षेत्रमा आत्मनिर्भर हुने बताए । “फेरि लोडसेडिङ आउँछ कि भन्ने भ्रम फैलाउने काम भएको छ, जनता ढुक्क हुनुहोस्, हामी विद्युत्मा आत्मनिर्भर मात्र होइन, बिक्री गर्ने ठाउँमा पुग्दैछाँै”, उनले भने, “ विभिन्न आयोजनाहरुको निर्माण सम्पन्न हुने चरणमा रहेको र विद्युत् ट्रान्समिसनका लागि निर्माणको काम भइरहेको छ ।”
पेट्रोलियम खानी उत्खनन गरिने
उनले दैलेखबाट पेट्रोल र डिजेल, नवलपरासीको धौबारीबाट फलाम र स्टिल निकाल्न खानी सर्वेक्षणका लागि अध्ययन भइरहेको जानकारी दिए । तनहुँको मियमडाँडा र पर्वतको खानीबाट निस्कने फलामको उपयोग गर्न फलाम र स्टिल उद्योग खोल्ने तयारीसमेत गरिएको जानकारी उनले दिए । उनले रासायनिक मल आफ्नै देशमा उत्पादन गरेर कृषिको उत्पादकत्व बढाइने पनि बताए।
नारायणहिटी दरबार अगाडि भएको आमसभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र पार्टी स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले समेत बोलेका थिए। पार्टीका अनुसार आगामी फागुन १ गते बुटवल र फागुन ८ गते विराटनगरमा पनि बृहत् आमसभा गरिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आजको राशिफल कस्तो छ ?
बैशाख ८, २०८१ शनिबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार