शनिबार , फागुण १५, २०७७

नेतृ सुकी निवासमै नजरबन्दमा

नेतृ सुकी निवासमै नजरबन्दमा

२३ माघ, याङ्गुन । म्यानमारको ‘नेशनल लिग फर डेमोक्रेसी ‘एनएलडी’ को अध्यक्ष आङ सान सुकीलाई आफ्नै घरमा नजरबन्दमा राखिएको एनएलडीले पुष्टि गरेको छ ।

गत सोमबार म्यानमारमा सेनाले ‘कू’ गरी राज्यसत्ता कब्जा गरेपछि अहिंसावादी राजनीतिका लागि गरेको त्यागका लागि ९० को दशकमा नोबेल पुरस्कारबाट सम्मानित नेतृ सुकीको अवस्थाबारे जानकारी दिँदै उक्त जानकारी गराइएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनका सञ्चार अधिकृत क्यी टोयले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, “नेतृ सुकीलाई उनकै घरमा नजरबन्दमा राखिएको छ र उनको स्वास्थ्य राम्रो रहेको छ ।” मैले जानकारी पाएसम्म नेतृ सुकीलाई उनकै निवासमा नजरबन्दमा राखिएको छ, टोयले एएफपीसँग भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय