रसुवामा तीर्थ गोसाइँकुण्डको तलाउ जम्याे
नेपालबहस संवाददाता
माघ २४, २०७७ शनिबार १२:३१:३४
२४ माघ, रसुवा । हिमाली भेगमा केही हिमपात भएसँगै बढेको चिसोपनले उत्तरी रसुवाको जनजीवन प्रभावित भएको छ । समुन्द्र सतहदेखि दुई हजार ५०० मिटर भन्दामाथि हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् । हिमपातले गोसाइँकुण्ड धार्मिक मार्गको चन्दनवारी, ठूलोस्याफ्रुको गर्दागाङ, लाङ्टाङ, नाकथलीसमेतका मानवबस्तिको जनजीवन निकै प्रभावित बनाएको छ ।
हिमाली भेगमा आज मध्याह्नदेखि शरूभएको हिमपात साँझपख अडिएको स्थानीयबासी सुव्वा लामाले बताए । हिमपातले अत्याधिक चिसोपन बढेका कारण उत्तरीभेगका बासिन्दा यतिखेर घरभित्र आगो तापेर बसिरहेका र घरपालुवालाई पानी तताएर खुवाउन थालिएको स्थानीय तेन्जेन लामाले जानकारी दिए।
खेतियोग्य जमिनमा हिउँ नपर्दा यस वर्ष गहुँ, तोरी र आलुजस्ता हिउँदेबालीलाई भने असर पुगेको कृषकले बताएका छन् । हिमपातका कारण पवित्र तीर्थ गोसाइँकुण्डको तलाउ जमेको, धार्मिक मार्ग हिउँले छोपेको, सडक मार्गका ओसिलो ठाउँमा पानी जम्दा बनेको बरफले दुई पाङ्ग्रे सवारी साधन गुढाउन असहज भएको प्रहरीले जनाएको छ ।
गत वर्ष जाडोयामको यही समयमा गोसाइँकुण्ड, आमाछोदिङ्मो गाउँपालिकाको ११ वडा र कालिकागापाको राम्चे, स्याउवारी, उत्तरगया पालिकाको तिरू एवं नौकुण्ड पालिकाको यार्सा, घाङमर, दोक्लाङसमेत क्षेत्र प्रभावित हुने गरेको सम्बन्धित गाउँपालिकाले जनाएको छ । यस वर्ष गत असोज १५ देखि वर्षा रोकिएका कारण मङ्सिर तथा पुस महिनामा पर्ने हिउँ ढिलो पर्न थालेकोले जलवायु परिवर्तनको असर हुनसक्ने स्थानीय अनुमान रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालेनले राखेको बोर्ड कसले हटायो ?
चैत १४, २०८० बुधबार
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई नगरपालिकाद्वारा आर्थिक सहयोग
चैत १३, २०८० मंगलबार
आजदेखि चितवनमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
चैत ९, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार