शुक्रबार , फागुण २१, २०७७

आजदेखि नेपालमा पहिलो डोजको खोप अभियान सकिदै

आजदेखि नेपालमा पहिलो डोजको खोप अभियान सकिदै

२४ माघ, काठमाडौं । नेपालमा पहिलो डोजको खोप अभियान आजदेखि सकिदै छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पहिलो चरणको पहिलो खोप अभियान आजदेखि सकिएपछि अबको केही दिनमा पहिलो चरण अन्तर्गतकै दोस्रो डोज खोप लगाउन सुरु गरिने तयारी सरकारकाे छ ।

सरकारले पहिलो चरणमा ४ लाख ३० हजार जनालाई खोप लगाउने भने पनि लक्ष्यअनुसार खोप लगाउने छाँट देखिएको छैन । पहिलो डोजको खोप अभियान अन्तर्गत हिजोसम्म १ लाख ७१ हजार ४ सय ८६ जनाले खोप लगाएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

पहिलो चरणमा थोरै परिमाणमा खोप आएकाले सीमित जनशक्तिलाई मात्र पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । सरकारले अब छिट्टै कोभ्याक्स सुविधामार्फत् दोस्रो चरणको खोप ल्याउने जनाएको छ ।

यसैबीच चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप पाँच लाख मात्रा दिने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शुक्रवार बेलुकी भएको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले अनुदानको खोप दिने प्रतिबद्धता जनाएका हुन् । चीनले यसअघि नेपाललाई ३ लाख डोजको कोरोना खोप अनुदान सहयोग गर्ने बताएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय