मंगलबार , फागुण १८, २०७७

आज काठमाडौं उपत्यकामा दिउँसोपछि हल्का पानी पर्ने

आज काठमाडौं उपत्यकामा दिउँसोपछि हल्का पानी पर्ने

२४ माघ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पूर्व र मध्य क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको छ ।  हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले देशभर आंशिक देखी सामान्य बदलीको सम्भावना रहेको हो ।

पश्चिमी वायुको प्रभाव पश्चिमबाट पूर्वमा सरेकाले आज प्रदेश नम्बर १, २ र वाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको शनिबारको मौसमी बुलेटिनमा उल्लेख गरेको हो । महाशाखाका अनुासर आज काठमाडौं उपत्यकामा दिउँसोपछि हल्का पानी पर्ने छ भने अरु पहाडी भेगमा सामान्य बदली मात्रै हुनेछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

हिजो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भेगमा हिमपातसँगै वर्षा भएको थियो । दिपायल, डडेल्धुरा, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, जुम्ला, घोराही, भैरहवा र काठमाडौंमा पानी परेको मौसमविदले जनाएका छन् । हिजो सबैभन्दा धेरै डडेल्धुरामा १२ दशमलव २ मिलीमिटर पानी परेको छ ।

यो वर्षको हिउँदमा पानी ढिला गरी परेको त्यसमा पनि सामान्य किसिमको मात्रै परेको छ । भोलिदेखि मौसम सुधार हुने पनि अनुमान छ । ढिलै भए पनि हिउँदे वर्षा र हिमपात भएपछि किसान खुसी भएका छन् ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

माघ २४ गते (शनिबार)

दिउँसो : सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १ का धेरै स्थानहरु तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।

राती: प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेश आंशिक देखि सामान्य बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरु साथै गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

माघ २५ गते (आइतबार)

दिउँसो : देशका पहाडी भूभागहरुका आंशिक वदली रही वाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती :  प्रदेश १ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ ।

माघ २ गते (सोमबार)

दिउँसो : देशभरको मौसम सामान्यतया सफा रहनेछ ।

राती देशभरको मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय