नेता गुरुङकाे ओलीलाई कटाक्ष, महाराज ढाँटेको कुरा र फाटेको लुगा लुकाउन गाह्रो हुन्छ !

२४ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रधानमन्त्री केपी ओलीलाई कटाक्ष गर्दै ढाँटेको कुरा र फाटेको लुगा लगाउन नमिल्ने बताएका छन् । हिजो शुक्रबार काठमाडौंमा नेकपा वाग्मती प्रदेश कमिटीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले आफू नेतृत्वको सरकारले इतिहासकै सबैभन्दा धेरै विकास गरेको बताएका थिए ।
ओलीको आमसभाको सोही भाषणलाई कटाक्ष गर्दै कांग्रेस नेता गुरुङले सामाजिक सञ्जाल ट्वीटरमा एक विचार लेख्दै भनेका छन्, नरिसाइ बक्स्योस् महाराज ढाँटेको कुरा र फाटेको लुगा लुकाउन गाह्रो हुन्छ ।
प्र.म.अोलीको भाषणको पहिलो लाइन:-हुलाकी सडक,रेल संचालन,पानी जहाज,सुरुङ मार्ग, युवा स्वरोजगार आदि सारा काम सरकारले गरेको छ।
प्र.म.अोलीको भाषणको दोश्रो लाइन:- सरकारलाई काम गर्न नदिएकाले संसद भंग गरेको हुँ।
नरिसाइ बक्स्योस् महाराज! ढाँटेको कुरा र फाटेको लुगा लुकाउन गाह्राे हुन्छ।— Dhan Raj Gurung (@dhanrgrg) February 5, 2021
नेता गुरुङले अगाडि लेखेका छन्, ‘प्रम ओलीको भाषणको पहिलो लाइन : हुलाकी सडक, रेल संचालन,पानी जहाज, सुरुङ मार्ग, युवा स्वरोजगार आदि सारा काम सरकारले गरेको छ,’ उनले ट्वीटरमा लेखेका छन्, ‘प्रम ओलीको भाषणको दोस्रो लाइन : सरकारलाई काम गर्न नदिएकाले संसद भंग गरेको हुँ। नरिसाइ बक्स्योस् महाराज ! ढाँटेको कुरा र फाटेको लुगा लुकाउन गाह्रो हुन्छ।’
प्रतिक्रिया