मंगलबार , फागुण १८, २०७७

सीमावर्ती नाका खुल्दा झुलाघाटका व्यापारी खुशी

सीमावर्ती नाका खुल्दा झुलाघाटका व्यापारी खुशी

२४ माघ, बैतडी । भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले शुक्रबार एक सूचना जारी गर्दै आजदेखि सञ्चालनमा आउने जनाएको हो ।

नेपाल सरकारले नाका सञ्चालनमा गर्ने निर्णयअनुसार नै नाका सञ्चालनको तयारी भएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताए । सरकारले यसअघि गत शुक्रबारदेखि नै बैतडीसहित देशका ३० नाका सञ्चालन गर्ने निर्णय गरेको थियो तर भारतीय पक्षको ढिलाइका कारण एक हप्तापछि नाका सञ्चालनमा आउन लागेको हो । नाकामा आवतजावत गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको भने पालना गर्नुपर्नेछ । उनले भने, “अझै पनि कोरोना भाइरसको जोखिम कायमै रहेकाले आवतजावत गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेको हुनुपर्छ ।”

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

भारतीय पक्षले सहमति जनाएपछि शुक्रबार पनि नाकामा आवतजावत भएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले गत चैतदेखि नै अन्तर्राष्ट्रिय नाका बन्द गरेको थियो । यस्तै लामो समयदेछि नाका खुल्दा सीमावर्ती झुलाघाट बजारका व्यापारी खुशी भएका छन्

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कालीगण्डकी करिडोर खण्डमा कालोपत्रको काम शुरु कालीगण्डकी करिडोर खण्डमा कालोपत्रको काम शुरु १८ घण्टा पहिले
अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने १९ घण्टा पहिले
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो १३ घण्टा पहिले
नबिल बैंकले ल्यायो बचतको बानी बसाल्ने सचेनामूलक भिडियो नबिल बैंकले ल्यायो बचतको बानी बसाल्ने सचेनामूलक भिडियो १९ घण्टा पहिले
राप्रपाद्धारा काठमाडौंमा हुने महाधिवेशनकाे कार्यतालिका तय राप्रपाद्धारा काठमाडौंमा हुने महाधिवेशनकाे कार्यतालिका तय १४ घण्टा पहिले
राष्ट्रपतिद्धारा फागुन २३ गते संसद अधिवेशन आह्वान राष्ट्रपतिद्धारा फागुन २३ गते संसद अधिवेशन आह्वान १९ घण्टा पहिले
जापानसँग वार्ताका लागि तयार रहेको दक्षिण कोरियाका राष्ट्रपतिको भनाई जापानसँग वार्ताका लागि तयार रहेको दक्षिण कोरियाका राष्ट्रपतिको भनाई १९ घण्टा पहिले
विद्यालयलाई कम्युटरसहित स्वास्थ्य सामग्री वितरण विद्यालयलाई कम्युटरसहित स्वास्थ्य सामग्री वितरण २३ घण्टा पहिले