बुधबार , फागुण १९, २०७७

किशोरी मृत्यु प्रकरण : तालीम प्राप्त कुकुरसहित प्राविधिकको टोली परिचालन

किशोरी मृत्यु प्रकरण : तालीम प्राप्त कुकुरसहित प्राविधिकको टोली परिचालन

२४ माघ, बैतडी । कुकुरसहितको टोली परिचालनबैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको मृत्युबारे अनुसन्धान गर्न शुक्रबार तालीम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ ।

तालीम प्राप्त कुकुरसहित प्राविधिकको टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनले भने, “घटनामा संलग्नलाई खोज्न तथा थप अनुसन्धान गर्न सहज होस् भनेर कुकुरको प्रयोग गरेका हौँ ।” बुधबार घरबाट विद्यालय गएकी किशोरी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर हत्या गरी फालिएको अवस्थामा शव नजिकैको लबलेक जङ्गलमा फेला परेको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

शव वीभत्स अवस्थामा फेला परेकाले बलात्कारपछि हत्या गरिएको हुनसक्ने मृतक किशोरीका आफन्त शिवराज भट्टले बताए । प्रहरीले भने मृतक किशोरीको शव परीक्षण गरेपछि मात्रै बलात्कार भए नभएको बारेमा थाहा हुने जनाएको छ । दोषी पत्ता लगाई कारवाहीको दायरमा नल्याउँदासम्म शव उठाउन नदिने आफन्तले बताएका छन् ।

मृतक किशोरी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविका कक्षा १२ मा अध्ययनरत थिइन् । किशोरीको मृत्यु भएपछि शोकमा दोगडाकेदार गाउँपालिकाले बिहीबार शोक बिदा दिएको थियो । गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा उक्त घटनाको निन्दा गर्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरिएको छ ।

किशोरी हत्या घटना जघन्य अपराध रहेको भन्दै दोषीलाई अविलम्ब पक्राउ गरी कारवाही गर्न विभिन्न संस्थाले माग गरेका छन् । घटनास्थलमा तालीमप्राप्त कुकुरसहितको टोली परिचालन गरेपछि किशोरीको मोबाइल फेला परेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छुट्टै प्रहरी टोली जिल्ला पुगेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा घटना अनुसन्धानका लागि छुट्टै प्रहरी टोली पुगेको हो । टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रहरी नायब उपरीक्षकलाई खटाइएको छ । जिल्लाले गरिरहेको अनुसन्धानमा प्राविधिक सहयोग गर्न छुट्टै टोली खटाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

लोपोन्मुख कुुसुन्डा भाषा जोगाउन कक्षा सञ्चालन लोपोन्मुख कुुसुन्डा भाषा जोगाउन कक्षा सञ्चालन ५ दिन पहिले
दाहाल–नेपाल समूहका नेताहरु पेरिसडाँडामा दाहाल–नेपाल समूहका नेताहरु पेरिसडाँडामा ७ दिन पहिले
‘कांग्रेस कम्युनिष्टको असफलताले बिदेशी चलखेल निम्त्यायो’ कमल थापा ‘कांग्रेस कम्युनिष्टको असफलताले बिदेशी चलखेल निम्त्यायो’ कमल थापा ३ दिन पहिले
नेकपा प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठक जारी नेकपा प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठक जारी २ दिन पहिले
फोहोर व्यवस्थापनसम्बन्धी जवाफसहित हाजिर हुन अदालतको आदेश फोहोर व्यवस्थापनसम्बन्धी जवाफसहित हाजिर हुन अदालतको आदेश २४ घण्टा पहिले
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष अधिकारीद्वारा पदभार ग्रहण देवघाट क्षेत्र विकास समितिका अध्यक्ष अधिकारीद्वारा पदभार ग्रहण ६ दिन पहिले
ऋषि धमलासँगकाे अन्तर्वार्तामा प्रचण्डले बोलेको अभिव्यक्ति विवादमा, ६ पार्टी तथा संघ-संस्थाद्धारा विरोध ऋषि धमलासँगकाे अन्तर्वार्तामा प्रचण्डले बोलेको अभिव्यक्ति विवादमा, ६ पार्टी तथा संघ-संस्थाद्धारा विरोध ३ दिन पहिले
बृहत् नागरिक आन्दोलनको अगुवाइमा काठमाडौंमा प्रदर्शन बृहत् नागरिक आन्दोलनको अगुवाइमा काठमाडौंमा प्रदर्शन ५ दिन पहिले
प्रहरी कर्मचारीले सदैव आफ्नो कामलाई प्राथमिकतामा राख्नुपर्छ : आईजीपी थापा क्षेत्री प्रहरी कर्मचारीले सदैव आफ्नो कामलाई प्राथमिकतामा राख्नुपर्छ : आईजीपी थापा क्षेत्री ३ दिन पहिले
न्यायाधीशलाई नेता गुरुङकाे आग्रह, ओलीको अनुहार होइन संविधान हेरेर फैसला गर्नु ! न्यायाधीशलाई नेता गुरुङकाे आग्रह, ओलीको अनुहार होइन संविधान हेरेर फैसला गर्नु ! २ हप्ता पहिले
माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एककाे मृत्यु माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एककाे मृत्यु २६ मिनेट पहिले
राष्ट्रिय महिला लिगमा पुलिससँग चन्द्रपुर पराजित राष्ट्रिय महिला लिगमा पुलिससँग चन्द्रपुर पराजित ३ हप्ता पहिले
जसपाद्धारा आन्दोलनका थप कार्यक्रम घोषणा जसपाद्धारा आन्दोलनका थप कार्यक्रम घोषणा ४ हप्ता पहिले
डिलासैनी घटनाको तरुण दलद्वारा निन्दा, दोषीलाई चाँडोभन्दा चाँडो कारबाही गर्न माग डिलासैनी घटनाको तरुण दलद्वारा निन्दा, दोषीलाई चाँडोभन्दा चाँडो कारबाही गर्न माग २ हप्ता पहिले
पर्यटन व्यवसायीको गुनासो सुन्न सरकारलाई टानको आग्रह पर्यटन व्यवसायीको गुनासो सुन्न सरकारलाई टानको आग्रह १ हप्ता पहिले
नेप्सेमा दुई लघुवित्तको शेयरमूल्य समायोजन नेप्सेमा दुई लघुवित्तको शेयरमूल्य समायोजन ५ दिन पहिले