बिहिबार , फागुण १३, २०७७

५० श्यया क्षमताको सुविधा सम्पन्न अस्पताल भवन अलपत्र

५० श्यया क्षमताको सुविधा सम्पन्न अस्पताल भवन अलपत्र

२४ माघ, म्याग्दी । सदरमुकाम बेनीस्थित ५० श्यया क्षमताको सुविधा सम्पन्न भवन निर्माण अलपत्र परेको छ । भवन निर्माण समयमै नसकिंदा अस्पतालको सेवा प्रभावित भएको छ । निर्माण व्यवसायी र सम्बद्ध कार्यालयको लापरबाहीका कारण एक वर्षअघि नै बनिसक्नुपर्ने भवनको आधा मात्रै काम भएको छ ।

भवन निर्माण अलपत्र परेपछि सेवा प्रवाहमा असर परेको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । “पचास श्यया क्षमता भएपनि १५ शैयाको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छौ”, कटुवालले भने, “पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ ।’’

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नयाँ भवन बनाउन पुरानो भवन भत्काइएको थियो । बहिरङ्ग कक्षको सेवा अस्थायी भवनबाट सञ्चालन गरिएको छ । आकस्मिक र अन्तरङ्ग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ । सघन उपचार कक्ष ‘आइसियु’ र डायलाइसिस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना भएको छ ।

पन्ध्र शैया क्षमत्ताको अस्पताल २०७२ मा ५० श्ययामा स्तरोन्नति भएको थियो । तत्कालीन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले २०७३ मंसिर २१ गते भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । पछिल्ला दुई वर्ष सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाई कास्कीलाई हस्तान्तरण गरिएको यो आयोजना चालु आवमा बागलुङकै कार्यालयमा फिर्ता ल्याइएको छ । रु २४ करोड चार लाख २९ हजार ८६९ लागत अनुमान गरिएको भवन महादेव खिम्ती–गल्वा–रफिना जेभीले रु १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का लिएको थियो ।

महादेव खिम्तीका सञ्चालक निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह छन । विसं २०७६ मंसिर २० गते भवन निर्माण सक्ने लक्ष्य थियो । चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा चार तले तीन वटा भवन बनाउन लागिएको हो । हालसम्म दुई भवनको मात्र तेस्रो तला ढलान भएको छ भने एउटाको तेस्रो तला ढलानका लागि तयारी गरेर छोडिएको छ ।

भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गमैत्री समेत हुनेछ । पटक–पटक ताकेता र समन्वय गर्दा समेत निर्माण व्यवसायी काममा नफर्किएपछि भवन अलपत्र परेको अध्यक्ष कटुवालले बताए । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङका प्रमुख विदुर खड्काले पोखराको कार्यालयबाट हस्तान्तरण भएको फाइल अध्ययनसँगै ठेकेदारलाई काममा फर्किन ताकेता गरिएको उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

इरानद्वारा परमाणु केन्द्रमा राष्ट्रसंघीय आकस्मिक निरीक्षणमा रोक इरानद्वारा परमाणु केन्द्रमा राष्ट्रसंघीय आकस्मिक निरीक्षणमा रोक ३ दिन पहिले
नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै आरोग्य सेवा केन्द्र स्थापना नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै आरोग्य सेवा केन्द्र स्थापना २० घण्टा पहिले
सेना दिवसमा ‘लिस्तीकोट–दुगुनागढी माउन्टेन ट्रेल रेस’ सेना दिवसमा ‘लिस्तीकोट–दुगुनागढी माउन्टेन ट्रेल रेस’ २ दिन पहिले
प्रेस संगठन पुनर्गठन : इन्चार्जमा योगेश, सह-इन्चार्जमा महेश्वर प्रेस संगठन पुनर्गठन : इन्चार्जमा योगेश, सह-इन्चार्जमा महेश्वर ४ दिन पहिले
लागुऔषध मुद्दामा फरार प्रतिवादी कारागार चलान लागुऔषध मुद्दामा फरार प्रतिवादी कारागार चलान २ दिन पहिले
कृषि ज्ञान केन्द्र स्थापना भएसँगै योजना कार्यान्वयन शुरु कृषि ज्ञान केन्द्र स्थापना भएसँगै योजना कार्यान्वयन शुरु ३ दिन पहिले
पाँच दिनको बृद्धि पछि बजारमा १.२४ प्रतिशतको करेक्सन ! पाँच दिनको बृद्धि पछि बजारमा १.२४ प्रतिशतको करेक्सन ! ३ दिन पहिले
वालिङका नवउद्यमी तथा कृषकहरुले भने “अब हामी प्रविधिमैत्री काममा जोड दिन्छौं !” वालिङका नवउद्यमी तथा कृषकहरुले भने “अब हामी प्रविधिमैत्री काममा जोड दिन्छौं !” ७ दिन पहिले