बिहिबार , फागुण १३, २०७७

हल्का वर्षापछि उच्च पहाडी क्षेत्रमा हिमपात, अब खेतीपाती राम्रो

हल्का वर्षापछि उच्च पहाडी क्षेत्रमा हिमपात, अब खेतीपाती राम्रो

२४ माघ, गलकोट । बागलुङ जिल्लामा हिमपात र वर्षा भएको छ । जिल्लाको पर्यटकीयस्थल ढोरपाटनमा हिमपात भएको छ भने अन्य स्थानमा वर्षा भएको हो ।हिमपात र वर्षा भएपछि यहाँका किसान खुशी भएका छन् । शुक्रबार मौसममा आएको परिवर्तनका कारण ढोरपाटनलगायत जिल्लाको उच्च पहाडी क्षेत्रमा हल्का हिमपात भएको छ भने अन्य स्थानमा पानी परेको छ । ढोरपाटन उपत्यकामा शुक्रबार हिउँपरेको स्थानीय कमल भण्डारीले जानकारी दिए ।

उनले यहाँका स्थानीय घुम्ती बसाई गर्न तल्लो ढोरपाटन झरेको र वर्षापछि आलु लगाउन माथि जाने जानकारी दिए । हिमपात भएपछि स्थानीयको जनजीवन कष्टकर भएको छ भने सञ्चार सम्पर्कसमेत विच्छेद भएको छ । हिमपातका कारण स्थानीय घरबाट बाहिर निस्कन नसकेको स्थानीय चकबहादुर अदैले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

ढोरपाटनको ढोरपाटन जनवादी घुम्ती विद्यालयले चिसो बढेसँगै बोबाङबाट पठनपाठन सञ्चालन गरेको छ । हिमपात भएपछि बुर्तिबाङदेखि ढोरपाटन चल्ने यातायातका साधन चल्न सकेका छैनन् । लामो समय पानी नपर्दा कृषक निराश भएका किसान खुशी भएका छन् । मौसम परिवर्तन भई हल्का वर्षा भएपछि खेतीपाती सप्रने किसान रामबहादुर खड्काले बताए ।

हल्का वर्षापछि उच्च पहाडी क्षेत्रमा हिमपात भए पनि बारीमा भएको गहुँ जौलगायतका खेतीपातीलाई राम्रो हुने किसानको भनाइ छ । वर्षा र हिमपातका कारण चिसो बढेको छ । ढोरपाटन तथा निसीखोलाको उच्च भागसँगै बागलुङ र पूर्वी रुकुम सिमानामा हिमपात भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

राष्ट्रिय खाद्य बैंकले आईपीओ निष्कासन गर्ने राष्ट्रिय खाद्य बैंकले आईपीओ निष्कासन गर्ने १० घण्टा पहिले
“को मान्छे कति बेला मर्छ, थाहा छैन, तर जबसम्म बाँचिन्छ राम्रो काम गर्नुपर्छ ”: प्रधानमन्त्री ओली “को मान्छे कति बेला मर्छ, थाहा छैन, तर जबसम्म बाँचिन्छ राम्रो काम गर्नुपर्छ ”: प्रधानमन्त्री ओली २२ घण्टा पहिले
बाग्लुङमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो बाग्लुङमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो ४ घण्टा पहिले
नारायणगढ–बुटवल सडक निर्माणको काम तीव्र रुपमा नारायणगढ–बुटवल सडक निर्माणको काम तीव्र रुपमा ६ घण्टा पहिले
लागुऔषधका काराेबारी ढल्कुबाट पक्राउ लागुऔषधका काराेबारी ढल्कुबाट पक्राउ २२ घण्टा पहिले
देउवा तानातानमा, प्रधानमन्त्री बन्न भने नैतिक संकट ! देउवा तानातानमा, प्रधानमन्त्री बन्न भने नैतिक संकट ! ४ घण्टा पहिले
अवैध रकम बोकेर भारततर्फ जान लागेका बुबाछोरा नियन्त्रणमा अवैध रकम बोकेर भारततर्फ जान लागेका बुबाछोरा नियन्त्रणमा ८ घण्टा पहिले
बिहीवार चन्द्रागिरी हिल्सको शेयरमूल्य सर्वाधिक बढ्यो, निफ्राको के भयो ? बिहीवार चन्द्रागिरी हिल्सको शेयरमूल्य सर्वाधिक बढ्यो, निफ्राको के भयो ? ३ घण्टा पहिले