निर्वाचनका लागि बैतडीमा नौ मतदानस्थल थप हुने
नेपालबहस संवाददाता
माघ २४, २०७७ शनिबार १९:३४:५८
२४ माघ, बैतडी । आगामी वैशाखमा हुने मध्यावधि निर्वाचनका लागि बैतडीमा नौ मतदानस्थल थप हुने भएका छन् । पाटन , मेलौली र पुर्चौंडी नगरपालिका, सिगास, पञ्चेश्वर तथा डिलाशैनी गाउँपालिकामा ती मतदानस्थल थप्ने निर्णय भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मतदाता सङ्ख्या बढी भएको र भगौलिकरुपमा टाढा रहेको मतदानस्थलको हकमा थप्ने निर्णय भएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिए। जिल्लाको पुर्चौंडी नगपालिका, सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिकामा दुई÷दुई र मेलौली नगरपालिका, पाटन नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा एक÷एक मतदानस्थल थप गरिने भएको हो ।
पुर्चौंडी– २ को समैजी आधारभूत विद्यालय ल्याटी, पुर्चाैडी– १० को गलेश्वर माध्यमिक विद्यालय कटपते, सिगास– ६ को नौला आधारभूण्त विद्यालय बत्थी, सिगास– ९ को निरपाल आधारभूत विद्यालय चुवा, डिलाशैनी– ५ को वेतालेश्वर आधारभूत विद्यालय र डिलाशैनी– ७ को डिलाशैनी मावि खेतीगाउँमा मतदानस्थल थपिने जनाइएको छ ।
यस्तै मेलौली– ७ मा मणिलेक मावि केशरपुर, पाटन– १ को भुवनेश्वर मावि लदौली र पञ्चेश्वर– ६ को आम्पुर मावि बिजुललाई पनि नयाँ मतदानस्थलका रुपमा थप्न सिफारिस गरिएको हो । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले यी मतदानस्थललाई थप गर्ने निर्णयसहित निर्वाचन आयोगलाई सिफारिस गरेको हो ।
यसैबीच जिल्लाको दुई वटा मतदानस्थललाई सार्ने निर्णय पनि भएको छ । दोगडाकेदार गाउँपालिका– ४ मा रहेको हुनैनाथ आधारभूत विद्यालयमा रहेको मतदानस्थललाई पञ्चकोटी आधारभूत विद्यालयमा सारिएको छ भने मेलौलीमा रहेको मणिलेक माध्यमिक विद्यालयको मतदानस्थललाई सारेर वडा नं १ को जनचेतना आधारभूत विद्यालयमा राख्न सिफारिस गरिएको हो । विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनका बेला १२० मतदानस्थल रहेकामा नौ बढेर अब १२९ मतदानस्थल हुने भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु
चैत १५, २०८० बिहिबार
अछाममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु
चैत १२, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार