आइतबार , फागुण २३, २०७७

ठप्प बनेका अघिकांश घरबास सेवा विस्तार

ठप्प बनेका अघिकांश घरबास सेवा विस्तार

२४ माघ, पर्वत । एक वर्षपछि पर्वतका ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टे ‘घरबास’मा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । जिल्लाका झण्डै चार दर्जन गाउँमा होमस्टे सेवा सञ्चालनमा रहेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ पछि ठप्प बनेका अघिकांश घरबास सेवा विस्तारै शुरु हुन थालेको सञ्चालकले बताएका छन् । कोभिडको जोेखिम कम हुँदै गएकाले आन्तरिक पर्यटनलाई खुला गरिएको पर्वतको मोदी गाउँपालिकामा सञ्चालित होमस्टे सेवाका सञ्चालकले बताए ।

गण्डकी प्रदेशकै अग्रणी घरबास सेवा दिँदै आएको पर्वतको मोदी गाउँपालिका–८ चित्रेस्थित सामुदायिक होमस्टेमा ११ महिनापछि पर्यटकको चहलपहल शुरु भएको छ । कोभिड–१९ को महामारी नहुँदासम्म धेरैको रोजाइमा पर्दै आएको मोदी ‘चित्रे ग्रामीण पर्यटन होमस्टे’मा माघको दोस्रो सातादेखि पर्यटकको चहलपहल शुरु भएको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष सुशीलादेवी गुरुङले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होमस्टेमा आउनेको मन जित्दै आएको छ । अहिले आन्तरिक पर्यटक आउने क्रम शुरु भएको उनले बताए । पोखरा र काठमाडौंबाट समेत विभिन्न समूहमा आन्तरिक पर्यटक आउन थालेको अध्यक्ष गुरुङले बताए। कोरोना महामारीभन्दा अघिसम्म वार्षिक तीन हजारभन्दा बढी पर्यटक होमस्टेमा पुग्ने गरेको तथ्याङ्क छ । “कोभिड–१९ का बीचमा पनि हामीले होमस्टे खुला गरेका छौँ, अब पर्यटक आउनेक्रम शुरु भएको छ”, उनले भने, “विस्तारै पुरानै लयमा फर्कने विश्वास हामीले लिएका छाँै ।”

चित्रेको होमस्टेलाई व्यावसायिकरुपमा भन्दा पनि सेवामुखी बनाइएको छ । कतिपय ठाउँमा होमस्टे चलाएर नै दैनिक गुजारा चलाउने स्थानीयको दैनिकी रहने गरेको भए पनि चित्रेमा होमस्टे चलाइरहेका सात घरका लागि त्यो बाध्यता छैन । जति बचत हुन्छ, त्यसको करीब दुई प्रतिशत वातावरण संरक्षण, शिक्षा, पर्या–पर्यटनमा लगानी गर्ने गरेको र पाँच प्रतिशत होमस्टेको कोषमा राख्ने गरिएको सञ्चालक समितिले जनाएको छ ।

समितिका अनुसार चित्रेको होमस्टेमा एकपटकमा ७० जनासम्म राख्नसक्ने क्षमता छ । अहिले धेरै घरमा कोठा थप्ने र सबै कोठामा शौचालय जडित रुम बनाउने क्रम चलेको छ । धेरै घरमा सुधार गरिएको अध्यक्ष गुरुङले बताए। चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको संगमस्थल पञ्चासेमा पदयात्रा गर्दै जाने ‘रुट’ समेत रहेका कारण पदयात्रामा जानेदेखि चित्रेको कला र प्राकृतिक सौन्दर्य हेर्न जाने आन्तरिक पर्यटकहरुको सङ्ख्या धेरै छ । होमस्टे पुग्नासाथ गुरुङ पोशाकमा सजिएका महिलाबाट टीका, फूल र मालाबाट गरिने आतिथ्यले सबैलाई फुरुङ्ग बनाउँछ ।

खानाका रुपमा कोदोको पिठोबाट बनाइएको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभेडाबाट बनाएको चटनी अनि लेकको चिसो पानीले मथेर बनाएको मोहीले धेरैलाई लोभ्याउँछ । चित्रेको होमस्टेका आकर्षणमा अर्गानिक र स्थानीय खानाका स्वादसँगै पञ्चेबाजाको ताल र भजनको टुक्का पनि रहेको होमस्टे विकास समितिका सल्लाहकार मधुसुदन अधिकारीले बताए।

मौलिक कलाको प्रचार र प्रवद्र्धन तथा पाहुनाको मनोरञ्जनका लागि साँझमा पञ्चेबाजा र भजन टोलीको फरकफरक प्रस्तुतिले धेरैलाई रमाइलो लाग्ने गरेको होमस्टेमा पुगेका पत्रकार अगन्धर तिवारीले बताए । गुरुङ समुदायको बाहुल्यता रहेको चित्रेमा गुरुङ सङ्ग्रहालय बनाउने तयारीसमेत गरिएको स्थानीय वडाध्यक्ष सुकबहादुर गुरुङले बताए ।

उता जिल्लाको कुश्मा नगरपालिका–३ मा दुर्लुङ, वडा नं १४ आर्थर, फलेबास नगरपालिका–२ थापाठाना, जलजला गाउँपालिकाको बाँखसर्क, लेखफाँट, शालिजा, महाशीला गाउँपालिकाको भोक्सिङ, बालाकोट, लुङ्खु, विहादी गाउँपालिकाको गेप्ताङ र बाँच्छा सामुदायिक होमस्टे र पैँयु गाउँपालिकाको चिन्नेखर्कलगायतका स्थानमा पनि आन्तरिक पर्यटक आउन थालेका छन् । अघिल्लो आर्थिक वर्षमा गण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पर्वतमा ४८ वटा होमस्टे विस्तारका लागि रु १० लाखका दरले अनुदानसमेत दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

चीनले अरब लिगलाई कोभिड–१९ को खोप उपलब्ध गरायो चीनले अरब लिगलाई कोभिड–१९ को खोप उपलब्ध गरायो १२ घण्टा पहिले
मंगल ग्रहको सतहमा अनुसन्धान सुरु मंगल ग्रहको सतहमा अनुसन्धान सुरु १२ घण्टा पहिले
उपत्यकावासीलाई खुसीको खबर, आज मेलम्ची पानी राजधानी आउँदै ! उपत्यकावासीलाई खुसीको खबर, आज मेलम्ची पानी राजधानी आउँदै ! २१ घण्टा पहिले
भक्तपुरले तोक्यो ४२ खोप केन्द्र : ५३ हजार ज्येष्ठ नागरिकलाई खोप लगाइने भक्तपुरले तोक्यो ४२ खोप केन्द्र : ५३ हजार ज्येष्ठ नागरिकलाई खोप लगाइने ११ घण्टा पहिले
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षामा महासचिव रमेश विष्ट जोड प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षामा महासचिव रमेश विष्ट जोड ११ घण्टा पहिले
सर्वाङ्गीण विकासका लागि बाल प्रज्ञा–प्रतिष्ठानको आवश्यकता सर्वाङ्गीण विकासका लागि बाल प्रज्ञा–प्रतिष्ठानको आवश्यकता १५ घण्टा पहिले
धनगढीकाे आलोक मल्टी कन्सर्न प्राइभेट लिमिटेडमा आगलागी धनगढीकाे आलोक मल्टी कन्सर्न प्राइभेट लिमिटेडमा आगलागी १५ घण्टा पहिले
अविश्वासको प्रस्ताव पारित हुने देखिए ओलीले संसद अधिवेशन अन्त्य गर्ने अविश्वासको प्रस्ताव पारित हुने देखिए ओलीले संसद अधिवेशन अन्त्य गर्ने १९ घण्टा पहिले
इन्भेष्टमेन्ट बैंकले निष्कासन गरेको ४० लाख कित्ता ऋणपत्र बाँडफाँड इन्भेष्टमेन्ट बैंकले निष्कासन गरेको ४० लाख कित्ता ऋणपत्र बाँडफाँड २ हप्ता पहिले
कुमारी बैंकले ८ करोड इकाई ‘कुमारी ईक्वीटी फण्ड’ निष्कासन गर्दै कुमारी बैंकले ८ करोड इकाई ‘कुमारी ईक्वीटी फण्ड’ निष्कासन गर्दै २ हप्ता पहिले
चलचित्र मिररमा आर्यन र उपासनाको जोडि चलचित्र मिररमा आर्यन र उपासनाको जोडि ५ दिन पहिले
कर्मभूमि समाजले सिफारिस गरेका उद्यमीलाई एनबी बैंकले ऋण दिने कर्मभूमि समाजले सिफारिस गरेका उद्यमीलाई एनबी बैंकले ऋण दिने २ हप्ता पहिले
घुस लिएको अभियोगमा नायब सुब्बा र लेखापढीविरुद्ध मुद्दा घुस लिएको अभियोगमा नायब सुब्बा र लेखापढीविरुद्ध मुद्दा ३ हप्ता पहिले
प्रुडेन्सियल इन्स्योरेन्सद्वारा ८.४२ प्रतिशत लाभांश घोषणा प्रुडेन्सियल इन्स्योरेन्सद्वारा ८.४२ प्रतिशत लाभांश घोषणा ४ हप्ता पहिले
विभागले भन्यो भिजिट भिसामा जाने महिलाका लागि कुनै सिफारिस चाहिदैन् विभागले भन्यो भिजिट भिसामा जाने महिलाका लागि कुनै सिफारिस चाहिदैन् ३ हप्ता पहिले
राष्ट्रिय महिला लिग फुटबलमा पुलिसकाे सानदार जित राष्ट्रिय महिला लिग फुटबलमा पुलिसकाे सानदार जित २ हप्ता पहिले