ज्योति विकास बैंकले ल्यायो बीमा पोलिसीः एक लाख बीमा भुक्तानीमा ७० हजार बराबरको कर्जा प्राप्त गर्न सकिने

२५ माघ,काठमाडौं । ज्योति विकास बैंकले नयाँ बीमा पोलिसी ल्याएको छ । बैंकले बीमा पोलिसी खरिद गरेकै भोलिपल्ट कर्जा दिने योजना ल्याएको हो। बैंकले सरेण्डर भ्यालुको ९० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने भएको छ ।
बीमितिले आवधिक र अधिविकर्ष ‘ओडि’ दुबै प्रकृतिका कर्जा प्राप्त गर्न सक्ने छन्। अधिविकर्ष कर्जा लिएमा हरेक वर्ष नविकरण गर्नु पर्ने हुन्छ। आवधिक कर्जाको हकमा भने १० वर्षसम्मका लागि प्राप्त हुने बैंकले जनाएको छ।
बीमितले एक लाख रुपैयाँ बीमा शुल्क भुक्तानी गरेको छ भने उसले बैंकबाट लगभग ६० देखि ७० हजार रुपैयाँ बराबरको कर्जा प्राप्त गर्न सक्ने बैकले जनाएको छ । बैंकले बीमितलाई प्रचलित आधार व्याजदरमा २ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा उपलब्ध गराउन सक्ने छ। यसमा थप ०.५ प्रतिशत सेवा शुल्क भुक्तानी गर्नु पर्छ।
यो स्किममा १९ वटै जीवन बीमा कम्पनीबाट पोलिसी खरिद गरेकाले कर्जा प्राप्त गर्न सक्ने छन्।
प्रतिक्रिया