बुधबार , फागुण १९, २०७७

आन्तरिक पर्यटन पुनरुत्थान समितिकाे अध्यक्षमा विकास खनाल  

आन्तरिक पर्यटन पुनरुत्थान समितिकाे अध्यक्षमा विकास खनाल  

२५ माघ, दमौली । तनहुँमा आन्तरिक पर्यटन पुनरूथान समिति गठन भएको छ । समितिको अध्यक्षमा विकास खनाल सर्वसम्मत चयन भएका छन् । समितिको उपाध्यक्षमा विपिन प्रधान, सचिवमा किशन प्रधान, कोषाध्यक्षमा फूलमति थापा र सदस्यहरुमा रामचन्द्र खड्का, सुजन अधिकारी, सुजन श्रेष्ठ, अरूण श्रेष्ठ र सङ्गीता प्रधान चयन भएका हुन् ।

आन्तरिक पर्यटन पुनरूथान समिति ‘गण्डकी प्रदेश’ का संयोजक अग्नि कँडेल, सहसंयोजक सञ्जयकान्त सिग्देल तथा सदस्यसचिव विमल कँडेलको उपस्थितिमा समिति गठन गरिएको हो । कार्यक्रममा संयोजक कँडेलले तनहुँ जिल्लामा आन्तरिक पर्यटनसम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरी कोभिड–१९ बाट प्रभावित भएको पर्यटनलाई गतिशील बनाउनका लागि समिति गठन गरिएको बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

निर्वाचित अध्यक्ष खनालले सबै स्थानीय तह, पर्यटन सङ्घसंस्थालगायतसँग समन्वय गरी आन्तरिक पर्यटनलाई माथि उकास्न पहल गरिने बताए । यसैबीच समितिको पहिलो बैठकले तीन जनालाई सल्लाहकारमा चयन गरेको छ । तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरिसिं गुरुङ, तनहुँ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बैकुण्ठनाथ मिश्र र बन्दीपुर होटल व्यवसायी वैश गुरुङ सल्लाहकारमा चयन भएका हुन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जबर्जस्ती करणीका दोषी राई पाँच वर्षपछि प्रहरीको पञ्जामा जबर्जस्ती करणीका दोषी राई पाँच वर्षपछि प्रहरीको पञ्जामा २ घण्टा पहिले
राउटे अगुवाद्वारा मुख्यमन्त्री शाहीसँग खाना र पाल माग राउटे अगुवाद्वारा मुख्यमन्त्री शाहीसँग खाना र पाल माग ३ घण्टा पहिले
बढी मूल्य राखेर सामान बिक्री गर्ने एक सय फर्मलाई जरिवाना बढी मूल्य राखेर सामान बिक्री गर्ने एक सय फर्मलाई जरिवाना २२ घण्टा पहिले
सरकारले थाल्याे थप ५० लाख डोज खोप खरिदको प्रक्रिया सरकारले थाल्याे थप ५० लाख डोज खोप खरिदको प्रक्रिया १६ घण्टा पहिले
विराट इन्स्टाग्राममा धेरै फलो गरिने खेलाडीको चौथो स्थानमा विराट इन्स्टाग्राममा धेरै फलो गरिने खेलाडीको चौथो स्थानमा २१ घण्टा पहिले
अनुसन्धानका लागि भनी पक्राउ गरिएकालाई थुनामुक्त गर्न आदेश अनुसन्धानका लागि भनी पक्राउ गरिएकालाई थुनामुक्त गर्न आदेश १५ घण्टा पहिले
गुल्मीमा बेपत्ता भएको १८ दिनपछि युवतीको शव फेला गुल्मीमा बेपत्ता भएको १८ दिनपछि युवतीको शव फेला १९ घण्टा पहिले
वसन्तपुर क्षेत्रका अनधिकृत पसलहरु हटाउन सात दिने अल्टीमेटम, नटेरे कारवाही वसन्तपुर क्षेत्रका अनधिकृत पसलहरु हटाउन सात दिने अल्टीमेटम, नटेरे कारवाही २० घण्टा पहिले