आइतबार , फागुण २३, २०७७

राष्ट्र बैंकले दुई अर्बको नागरिक बचतपत्र बिक्री गर्ने, ब्याज कति ?

राष्ट्र बैंकले दुई अर्बको नागरिक बचतपत्र बिक्री गर्ने, ब्याज कति ?

२५ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई अर्ब रूपैयाँ बराबरको ‘नागरिक बचत पत्र २०८२’ बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले वार्षिक ९ प्रतिशत ब्याज दिने गरी उक्त बचतपत्र बिक्री गर्न लागेको हो।

ब्याजको भुक्तानी ६/६ महीनामा हुने र बचतपत्र पाँच वर्षे अवधिको हुनेछ। घटीमा १० हजार र बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई १० हजार रूपैयाँले भाग गर्दा निशेष भाग जाने अङ्कमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बैंकका अनुसार उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्। सो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिनेछ।

उक्त बचतपत्र माघ २७ देखि १८ फागुनसम्म बिक्री गरिने उक्त बचतपत्रको अन्तिम निष्काशन मिति भने फागुन २५ तोकिएको छ।

बैंकले २५ फागुन २०८२ मा साँवा भुक्तानी हुने मिति तय गरेको छ। बचतपत्र खरिद गर्न चाहनेले नेपाली नागरिकता प्रमाणपत्र, नाबालकको हकमा बचतपत्र खरिद गर्ने भएमा संरक्षको नागरिकता र जन्मदर्ताको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइजको फोटोसमेत पेश गर्नुपर्नेछ।

नेपाल राष्ट्र बैंकका उपत्यकाका बाहिरका कार्यालय, सरकारी ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार गर्न इजाजतपत्र लिएका बजार निर्माताले उक्त बचतपत्रको बिक्री वितरण गर्न पाउनेछन्।

rastiya notice

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

उपत्यकावासीलाई खुसीको खबर, आज मेलम्ची पानी राजधानी आउँदै ! उपत्यकावासीलाई खुसीको खबर, आज मेलम्ची पानी राजधानी आउँदै ! २१ घण्टा पहिले
आइतबारदेखि प्रतिनिधिसभाको हिउँदे अधिवेशन प्रारम्भ हुँदै आइतबारदेखि प्रतिनिधिसभाको हिउँदे अधिवेशन प्रारम्भ हुँदै २२ घण्टा पहिले
मलाई प्रधानमन्त्री बन्ने लोभ पनि छैन, लालच पनि छैन : देउवा मलाई प्रधानमन्त्री बन्ने लोभ पनि छैन, लालच पनि छैन : देउवा १५ घण्टा पहिले
अविश्वासको प्रस्ताव पारित हुने देखिए ओलीले संसद अधिवेशन अन्त्य गर्ने अविश्वासको प्रस्ताव पारित हुने देखिए ओलीले संसद अधिवेशन अन्त्य गर्ने २० घण्टा पहिले
प्रमोदको म भन्दा नि २ को अफिसियल भिडियो सार्वजनिक प्रमोदको म भन्दा नि २ को अफिसियल भिडियो सार्वजनिक २२ घण्टा पहिले
जलवायु परिवर्तनको विरुद्धमा लड्न मोदीको आह्वान जलवायु परिवर्तनको विरुद्धमा लड्न मोदीको आह्वान १३ घण्टा पहिले
ओली समूहको संसदीय दलको बैठक सकियाे, प्रतिनिधिसभा बैठकको रणनीति तय ओली समूहको संसदीय दलको बैठक सकियाे, प्रतिनिधिसभा बैठकको रणनीति तय १३ घण्टा पहिले
ओलीलाई राजीनामा दिएर थोरै भए पनि नैतिकता देखाउन नेपालकाे आग्रह ओलीलाई राजीनामा दिएर थोरै भए पनि नैतिकता देखाउन नेपालकाे आग्रह १३ घण्टा पहिले