
२५ माघ,काभ्रेपलाञ्चोक । काभ्रेको बनेपा नगरपालिका–१० मा विभिन्न पार्टी परित्याग गरी ८५ राजनीतिकर्मी नेपाल कम्युनिष्ट पार्टी नेकपा मा प्रवेश गरेका छन् । शनिबार बनेपा नगरकै सात नम्बर वडाका ४२ जना अन्य पार्टीबाट नेकपामा प्रवेश गरेका थिए ।
यस्तै यही माघ १७ गते नेकपाको पनौती नगर कमिटीको बृहत् भेलामा विभिन्न पार्टी परित्याग गरी तीन दर्जन नेकपामा प्रवेश गराइएको पार्टीका नगर संयोजक सुरेश हुमागाईँले बताएका छन् ।
यही माघ १० गते विप्लव समूहका केन्द्रीय सदस्य चुडामणि चौलागाईँले नेकपाको जिल्ला भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘राष्ट्रवाद र राष्ट्रियता’ले जनताको मन जितेको दाबी गर्दै नेकपामा प्रवेश गरेको घोषणा गरेका थिए । बनेपा र धुलिखेल नगरका दुई कार्यक्रममा १४५ चन्द समूहका नेता कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका छन् ।
चन्द समूहका राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य, अखिल नेपाल महिला क्रान्तिकारी सङ्घको जिल्ला अध्यक्ष, पूर्वी ब्यूरो सदस्यलगायत अधिकांश चन्द समूहका जनवर्गीय सङ्गठनका पदाधिकारी रहेका थिए ।
करिब एक वर्षअघि बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएको केही महिनापछि पार्टी प्रवेश कार्यक्रमलाई जिल्लामा अभियानकै रूपमा सञ्चालन गर्दै आएका छन् । सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानको जिम्मेवारी बोकेको पार्टीमा पछिल्लो समय आस्था राख्नेलाई नेकपामा प्रवेश गराएको बाँस्कोटा बताउछन् ।
प्रतिक्रिया