उद्योग वाणिज्य संघ म्याग्दीको नयाँ कार्यसमिति चयन
नेपालबहस संवाददाता
माघ २५, २०७७ आइतबार १७:१५:४०
२५ माघ,म्याग्दी । म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीको २७औँ साधारणसभा तथा ११औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट बेलबहादुर कटुवालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । सदरमुकाम बेनीमा शनिबार राति सम्पन्न अधिवेशनले सर्वसम्मतरूपमा कार्यसमिति चयन गरेको हो ।
कटुवाल संघको यसअघिको कार्यसमितिको वरिष्ठ उपाध्यक्ष थिए । वरिष्ठ उपाध्यक्षमा सुविन श्रेष्ठ, प्रथम उपाध्यक्षमा राजेश शाक्य, द्वितीय उपाध्यक्षमा लीलाराम गौतम, महासचिवमा अमित बानियाँ, कोषाध्यक्षमा सुवर्ण रिजाल, सचिवमा सुमन श्रेष्ठ, सहसचिवमा बाबुराम आचार्य र सहकोषाध्यक्षमा नारायण जिसी निर्वाचित भएक छन् ।
सहसचिव पदमा दाबी गरेका छ जनाबीच सहमतिमा गोला प्रथाबाट आचार्य छनोट भएक हुन । संघको सदस्यमा टेकप्रसाद सापकोटा, अञ्जित खान, गोपाल पौडेल, खेम केसी, मोतिलाल पौडेल, सरोज बानियाँ, राजकुमार श्रेष्ठ, तारानाथ रेग्मी, नवराज पौडेल, यज्ञराज थापा, हरिप्रसाद पौडेल, हिमाल श्रेष्ठ, चन्द्रप्रकाश बराइली, हरि भण्डारी, प्रवीण श्रेष्ठलगायत चयन भएका छन् ।
महिला उद्यम विकास समितिका अध्यक्ष लक्ष्मी भण्डारी कार्कीलगायत पाँचवटा गाउँपालिका एकाइ समितिका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । विसं २०२७ मा स्थापना भएको म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीका उद्योगी व्यवसायीको छाता सङ्गठन मानिन्छ ।
स्थापनाको ५०औँ वर्षगाठ मनाइरहेको उद्योग वाणिज्य संघको अधिवेशन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरेका थिए । अधिवेशनको उद्घाटनका क्रममा संघले म्याग्दीको प्रवेशद्वार कालीपुल बसपार्कमा स्थापना गरेको शिव महादेवको मूर्ति अनावरण गरेका थिए ।
अधिवेशनको बन्दसत्रले अध्यक्ष उत्तम कर्माचार्यको संस्थागत, महासचिव लीलाराम गौतमको प्रगति र कोषाध्यक्ष अमित बानियाँले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । प्राकृतिक विपत्तिमा परेका सदस्यका लागि व्यापारिक हितकोष स्थापना, दिवङ्गत सदस्य र परिवारका सदस्यको मृत्युमा राहत सहयोग गर्ने कार्यक्रम ल्याएको छ ।
पछिल्लो कार्यसमितिले विसं २०७५ लाई म्याग्दी भ्रमण वर्षको रूपमा मनाएको, बेनी नगरपालिका र म्याग्दी प्रवासी संघ मोना सँग समन्वय गरेर बेनी–लभ्लीहिल पदमार्ग बनाएको, संघको भवनमा जडीबुटी सङ्कलन केन्द्र बनाएको छ । संघअन्तर्गत मङ्गला, मालिका, धवलागिरि, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकास्तरीय बजार एकाइ समितिसमेत गठन भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनकुटाको पहिचान तथा कोसेली नरिवल बिस्कुट
बैशाख १२, २०८१ बुधबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी
बैशाख १२, २०८१ बुधबार
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : ढकाल
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार