शनिबार , फागुण १५, २०७७

कारागारलाई सीप तथा ज्ञानको सिकाइ केन्द्र बनाउने

कारागारलाई सीप तथा ज्ञानको सिकाइ केन्द्र बनाउने

२५ माघ,देउखुरी । कारागारलाई सुधार गृहसँगै सीप तथा ज्ञानको सिकाइ केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले दाङका दुई कारागारमा कम्प्युटर प्रदान गरिएको छ ।

रोटरी क्लब अफ दाङको समन्वयमा विभिन्न रोटरी क्लब र संस्थाको सहकार्यमा घोराही र तुलसीपुर कारागारमा १०÷१० थान कम्प्युटर प्रदान गरिएको हो । गुडविल कम्युनिटी फाउण्डेशन एनसी, युएसए, रोटरी क्लब अफ ब्रान्चवुर्ग एनजे युएसए, रोटरी क्लब अफ धुलिखेल, सामुदायिक सेवा केन्द्र र आशा प्रोजेक्टको फ्रेण्डस अफ नेपालको सहयोगमा कारागारमा कम्प्युटर प्रदान गरिएको हो । घोराही र तुलसीपुरका कारागारका कैदीबन्दीका लागि कम्प्युटर हस्तान्तरण गरिएका हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कारागारलाई सुधारगृहसँगै सीप तथा ज्ञानको सिकाइ केन्द्र बनाउने र कारागारबाट निस्केपछिको जीवनलाई सहज बनाउने उद्देश्यले उक्त सहयोग गरिएको बताएके छ । जिल्लामा कैदी बन्दीहरुले पढ्न लागेको कुरा थाहा पाएपछि उनीहरुलाई कितावी ज्ञानसँगै प्रविधिको ज्ञान पनि होस् भन्ने उद्देश्यले सहयोग गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कारागारभित्रै बसेर पनि नयाँ प्रविधि र युग सुहाउँदो ज्ञान हासिल गर्न सकिने बताएका छन् । उनले ज्ञानको भण्डार असिमित रहेको भन्दै कैदीबन्दीले कारागारभित्रै बसेर पनि ज्ञान हासिल गर्नसक्ने अवसर आएकोमा खुशी व्यक्त गरेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय