
२५ माघ, एजेन्सी । फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प गएको छ । आइतबार जीएफजेड जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सले दिएको जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु फिलिपिन्सको मिन्डानाओ हो ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेअनुसार स्थानीय समयअनुसार १२ः२२ मा भूकम्प भएको हो । त्यस्तै इन्डोनेसियाको भूकम्प मापन केन्द्रले भने यो भूकम्प ६.३ म्याग्निच्युड रहेको बताएको छ । भूकम्पबाट क्षतिबारे विवरण आउन बाँकी छ ।
प्रतिक्रिया