भागरथीको हत्या पत्ता लगाउन डीआईजी सुवेदी नै फिल्डमा खटिए
नेपालबहस संवाददाता
माघ २५, २०७७ आइतबार १८:३:४०
२५ माघ, बैतडी । कक्षा १२ मा अध्ययनरत भागरथीकाे बैतडीको दोगडाकेदार-७ मा विभत्स हत्याको अनुसन्धान तथा निरीक्षणका लागि सुदूरपश्चिम प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदी आफैं घटनास्थलमा पुगेका छन् । चुडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या अनुसन्धान सुपरीवेक्षणका लागि सुवेदी आइतबार त्यहाँ पुगेका हुन् ।
प्रदेश प्रहरीका वरिष्ठ उपरीक्षक ‘एसएसपी’ मुकेश सिंहका अनुसार सुवेदी आइतबार बिहानै त्यसतर्फ गएका हुन् । घटनाको छानविनका लागि प्रहरी नायब महानिरीक्षक ‘डीआईजी’ सुवेदीले शुक्रबारै प्रदेशका अर्का एसएसपी जनकराज पाण्डेलाई पनि खटाइसकेका छन् ।
प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ को टोली पनि खटाइसकेको छ । कञ्चनपुरको निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि खटिएको प्रहरी नायब उपरीक्षक ‘डीएसपी’ पञ्चकुमार बाखु नेतृत्वको टोलीलाई बैतडी पनि पठाइएको छ ।
सनातन धर्म उच्चमाविमा कक्षा १२ मा अध्ययनरत भागरथी स्कुलबाट फर्कने क्रममा बुधवार हराएकी थिइन् । बिहीबार उनी पढ्ने सनातन धर्म उच्च माविबाट करिब ३ किलोमिटरको दूरीमा उनको शव भेटिएको थियो । भागरथीको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
प्रहरीका अनुसार शरीरमा घाउचोट देखिएको छ । घाँटी र टाउकोमा चोट देखिन्छ । याेनीबाट रक्तश्राव भएको अवस्थामा शव फेला परेको हुनाले बलात्कारपछि हत्या भएको प्रहरीको निष्कर्ष छ । पातलो बस्तीबीचको सामुदायिक वनमा शव भेटिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ
चैत १३, २०८० मंगलबार
गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिक पक्राउ
चैत १३, २०८० मंगलबार
ढोलाहिटी हत्या आरोपमा पक्राउ परेकाविरुद्ध मुद्दा चलाइँदै
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार