
२५ माघ काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले आगामी नयाँ वर्षभित्र ‘आत्मकथा’ ल्याउने तयारी गरिरहेकी छिन् । उनले आफ्नो जीवनको विभिन्न पाटाहरु समेटेर ‘आत्मकथा’ ल्याउन लागेकी हुन् ।
विगत ४ बर्षदेखि ‘आत्मकथा’का लागि तयारी गर्दै आएकी करिश्माले पुस्तकमा आफुले अभिनयमा बिताएका, अभिनय क्रममा महसुस गरेका र सोचेका बिभिन्न विषयवस्तुहरु समेट्न लागेकी छन् । फागुन महिना भित्र लेखन कार्य सकाउने र चैत्रमा डिजाइन, प्रिन्टिङ गरेर वैशाख १ गते पुस्तक बजारमा ल्याउने योजना रहेको मानन्धरले बताएकी छिन् ।
१४ वर्षको उमेरमा फिल्म ‘सन्तान’बाट अभिनय करिअर सुरु गरेकी मानन्धरले तीन दशक बढी समय नेपाली कलाक्षेत्रमा बिताइसकेकी छन् । नेपाली फिल्म क्षेत्रमा सदवहार अभिनेत्रीको रुपमा परिचित उनी अहिले पनि अभिनयमा क्रियाशील छिन् । अभिनय मार्फत हरेक नेपालीको ढुकढुकी बन्न सफल उनका कस्तुरी, ट्रक ड्राइभर, भाउजु, एक नम्बरको पाखे, जिन्दगी, बसन्ती, ढुकढुकी’ जस्ता एकसेएक सुपरहिट फिल्म छन् ।
प्रतिक्रिया