
२५ माघ,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट पेशागत महासङ्घ नेपाल (कोनेप) को राष्ट्रिय भेलाले शिक्षक नेता बाबुराम थापाका संयोजकत्वमा केन्द्रीय कमिटी पुनःगठन गरेको छ ।
महासङ्घका संयोजक विश्वनाथ प्याकुरेललाई जिम्मेवारी मुक्त गर्दै भेलाले नेपाल शिक्षक महाङ्घका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य थापालाई चयन गरेको हो । भेलाले सहसंयोजकमा दयाराम बस्याललाई चयन गरेको छ भने केन्द्रीय सदस्य सङ्ख्या विस्तार गरी २७५ बनाएको छ ।
विभिन्न २३ घटक संस्था र ६२ जिल्ला कमिटी रहेको महासङ्घका काठमाडौँ उपत्यका सहित सात प्रदेशका नेतृत्व पनि हेरफेर भएकाले अब आफूहरु गतिशीलताका साथ अघि बढ्ने संयोजक थापाले बताएका छन् ।
प्रतिक्रिया