सोमबार , फागुण १७, २०७७

दर्ता गर्ने प्रक्रिया झन्झटिलो हुँदा धुपी तेल उद्योग बन्द

दर्ता गर्ने प्रक्रिया झन्झटिलो हुँदा धुपी तेल उद्योग बन्द

२५ माघ, फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ घुन्सामा अवस्थित धुपी तेल उद्योग १० वर्षदेखि बन्द छ । विसं २०६४ मा स्थापना भएको सो उद्योग  बन्द भएको बताइएको छ । हिमाली क्षेत्रमा पाइन धुपीलाई प्रशोधन गरेर तेल उत्पादने लक्ष्य लिइएको थियो । उद्योग बन्द भएको १० वर्ष भएको उद्योग सञ्चालक पेमा शेर्पाले जानकारी दिए ।

उनले उद्योग स्थापना भएको करीब तीन वर्ष सञ्चालनपछि बन्द गर्ने अवस्था आएको बताए । स्थापन भएदेखि २३० लिटर मात्र तेल उत्पादन भएर बन्द भएको हो । स्थानीयवासीको आयआर्जन गर्ने उद्देश्यले कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिद्षले २०६४ सालमा उद्योग स्थापनाको लागि आश्यक सामग्री आंैजार समूहलाई हस्तान्तरण गरेको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उद्योग दर्ता प्रक्रियाको लागि घरेलु तथा साना उद्योग कार्यालयमा आश्यक कागजातसमेत बुझाएको सञ्चालक शेर्पाले बताए ।फुङलिङबाट उद्योग भएको स्थान घुन्सा पुगेर फर्किन कम्तीमा ७ दिन पैदल हिँड्नुपर्छ । कार्यालयले प्राविधिकलाई अवलोकन गर्न जाँदा लाग्ने सबै खर्च उद्योग सञ्चलकले गर्नुपर्ने भनेपछि आफूसँग प्राविधिकलाई दिने पैसा नभएको उद्योग सञ्चालक शेर्पा बताउँछन् ।

उनका अनुसार विपन्न तथा आर्थिक अवस्थाले कमजोर १३ व्यक्तिले धुपी सङ्कलन गर्न अनुमति पाएका थिए । सङ्कलित धुपी प्रति किलो सात रुपैयाँमा उद्योगले खरीद गर्दै आएको थियो । धुपी सङ्कलन गरेबापत प्रति किलो एक रुपैयाँ सामुदायिक वनको कोषमा जम्मा गर्नुपर्ने प्राबधान रहेको थियो ।

उद्योगमा उत्पादन भएको धुपी तेल बिक्री तथा बजारको लागि काठमाडाैं सम्म धुपी तेल लानुपर्ने शेर्पाले बताए। काठमाडौँमा एक लिटर तेलको तीन हजार ५०० मा बिक्री हुने शेर्पाले बताए । धुपी तेल विभिन्न सुगन्धका लागि सेन्ड, मालिस तेल, मगमगाउने धुपी, विभिन्न अगर बत्तीमा प्रयोग हुने गर्दछ । धुपीको तेल विभिन्न देशबाट पनि माग आउने गरेको शेर्पाले बताए ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम संयोजक जीतेन चेम्जोङले उद्योगलाई आवश्यक सामग्री उपलब्ध गराएको जानकारी दिए ।उद्योग सञ्चालन गर्न आवश्यक उपकरण निःशुल्क उपलब्ध गराएर पनि दर्ता गरेर सञ्चालन गर्न नसक्नु सञ्चालकको कमजोरी भएको उनले बताए । घरेलु कार्यालयका सूचाना अधिकारी निजा भट्टराईले केही वर्ष अगाडि उद्योगको अवलोकन गर्न जाँदा उद्योग सञ्चालकले खर्च गर्नुपर्ने अवस्था आएको बताए । उनले भने, “तर अहिले उद्योग अवलोकन र प्राविधिक प्राविधिक खर्च उद्योग कार्यालयले गर्दछ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

वालिङ नगरपालिकाद्धारा कोभिड प्रभावितलाई उद्यमी बनाउने अभियान शुरु वालिङ नगरपालिकाद्धारा कोभिड प्रभावितलाई उद्यमी बनाउने अभियान शुरु ४ हप्ता पहिले
कांग्रेस नेता रानाभाटको निधन, डा. शेखरद्वारा श्रद्धाञ्जली व्यक्त कांग्रेस नेता रानाभाटको निधन, डा. शेखरद्वारा श्रद्धाञ्जली व्यक्त ६ दिन पहिले
ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु ४ हप्ता पहिले
जोखिम न्यूनीकरणका लागि विपद् पोर्टल अनलाइन सञ्चालनमा जोखिम न्यूनीकरणका लागि विपद् पोर्टल अनलाइन सञ्चालनमा २ हप्ता पहिले
बाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठक सम्पन्न,के के भयो निर्णय ? बाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठक सम्पन्न,के के भयो निर्णय ? ३ हप्ता पहिले
दुई वाणिज्य बैंककाे नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ? दुई वाणिज्य बैंककाे नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ? २ हप्ता पहिले
लमजुङमा बाढीपहिरोपीडित शीतको टहरामा बस्न बाध्य लमजुङमा बाढीपहिरोपीडित शीतको टहरामा बस्न बाध्य ३ हप्ता पहिले
आईपीएलअघि लयमा पाडिक्कल, १ सय ४० बलमा हिर्काए १५२ रन आईपीएलअघि लयमा पाडिक्कल, १ सय ४० बलमा हिर्काए १५२ रन ४ दिन पहिले