मंगलबार , फागुण १८, २०७७

गुल्मीमा दुई लाख १२ हजार मतदाता

गुल्मीमा दुई लाख १२ हजार मतदाता

१२ माघ, तम्घास । गुल्मी जिल्लामा विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा कूल एक लाख ९६ हजार ३४२ मतदाता रहेका थिए भने अहिले गुल्मीमा कूल दुई लाख १२ हजार २४९ मतदाता रहेका छन् । अघिल्लो निर्वाचनभन्दा १६ हजार ६०७ जना मतदाता थपिएका छन् ।

अघिल्लो निर्वाचनपश्चात् मृत्यु भएका मतदाताको सङ्ख्या यसमा घटाइएको छैन । सम्बन्धित पालिकामा मतदाता नामावलीमाथि अध्यावधिक गर्ने, विरोध तथा त्रुटि सच्याइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

विसं २०७४ मा एक लाख ९६ हजार ३४२ मतदाता रहेकामा एक लाख एक हजार ६६१ जना महिला, ९४ हजार ६८० पुरुष तथा एक जना यौनिक तथा अल्प सङ्ख्यक थिए भने निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख पाँच हजार ४२५ मतदाता थिए भने क्षेत्र नं २ मा ९० हजार ९१७ मतदाता रहेका थिए । जिल्लामा निर्वाचनका लागि १२ वटा नयाँ मतदानस्थल थप गर्न जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले सिफारिस गरेको छ । रेसुङ्गा नगरपालिका र धुर्कोट गाउँपालिकामा तीन÷तीन वटा, चन्द्रकोट र सत्यवतीमा दुई÷दुई तथा गुल्मीदरबार र कालिगण्डकीमा एक÷एक वटा केन्द्र थप गर्न सिफारिस गरिएको छ ।

यसभन्दा अगाडि १३८ मतदानस्थल रहेकामा अहिले सिफारिस गरिएका स्थल स्वीकृत भए जिल्लामा कूल मतदानस्थलको सङ्ख्या १५० हुनेछ । निर्वाचन आयोगले २०७७ पुस ५ गतेसम्म १८ वर्ष उमेर पूरा भई मतदाता नामावलीमा नाम दर्ता गराएकालाई आगामी निर्वाचनका लागि मतदाताका रुपमा योग्य ठहर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय