
२५ माघ, काठमाडौं । आज आइतवार नेप्से कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक ४० दशमलव ३५ अंकले बढेर २ हजार ५१५ दशमलव शून्य ५ विन्दुमा पुगेको छ ।
२ हजार ४८६ दशमलव ७९ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १ दशमलव ६३प्रतिशतले बढेको हो ।
आइतवार कारोबारको पहिलो घण्टामा ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । शेयरमूल्य १० प्रतिशतले वृद्धि हुने कम्पनीहरुमा आरएसडीसी लघुवित्त, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था र डिप्रोक्स लघुवित्त, सारथी नेपाल लघुवित्त, सिटिजन्स इन्भेष्टमेन्ट र मरो माइक्रोफाइनान्स लघुवित्त रहेका छन् ।
प्रतिक्रिया