मंगलबार , फागुण १८, २०७७

ल्होछारको अवसरमा काभ्रेमा सार्वजनिक बिदा

ल्होछारको अवसरमा काभ्रेमा सार्वजनिक बिदा

२५ माघ,बनेपा । सोनाम ल्होछारको अवसरमा काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिकाले पनि सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायको सांस्कृतिक पर्व तथा नयाँ वर्ष २८५७औँ लाङ (म्हे) सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँसभाले यही माघ २९, ३० र फागुन १ गते बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । सोनाम ल्होछारको प्रर्वद्धन र विकास गर्नु स्थानीय सरकारको दायित्व भएकोले सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले बताएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

गाउँपालिकाले गाउँपालिकास्तरीय ल्होछार साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ । यसअघि नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाले पनि ल्होछारको अवसरमा तीन दिन सार्वजनकि बिदा दिने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय