शुक्रबार , फागुण १४, २०७७

अस्ट्रेलियामा कोभिड भ्याक्सिनको डिजिटल प्रमाणपत्र दिने

अस्ट्रेलियामा कोभिड भ्याक्सिनको डिजिटल प्रमाणपत्र दिने

२५ माघ,क्यानबेरा । अस्ट्रेलिया सरकारले कोरोनाभाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई डिजिटल कोभिड भ्याक्सिन प्रमाणपत्र दिने योजना सार्वजनिक गरेको छ । यस योजना बमोजिम कोभिड खोप लगाएका अस्ट्रेलियाली नागरिकले आफूले खोप लगाएको प्रमाण स्मार्ट फोनबाटै प्रस्तुत गर्न सक्नेछन् ।

सरकारले अस्पताल र वृद्धवृद्धाको स्याहार केन्द्र समेत उच्च जोखिममा रहेका व्यक्तिका लागि पहिलो चरणमा खोप दिने तयारी गरेको छ । अनिवार्य खोप लगाउने तयारीमा रहेको सरकारका लागि यस योजनाले थप सहयोग पुग्ने विश्वास लिइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

अन्तराष्ट्रिय यात्रा पुनः शुरु गर्ने तयारीमा रहेका धेरै देशलाई यस प्रमाणपत्रलाई मान्यता दिनेतर्फ सरकारले तयारी पनि थालेको छ ।

सरकारी सेवा सम्बन्धी मन्त्री स्टुआर्ट रोबर्टले प्रमाणपत्र प्रणाली निर्माण गर्न अस्ट्रेलिया सरकारले विशेष सुरक्षा प्रणाली प्रयोग गरेको जानकारी दिएका छन् । उनले अस्ट्रेलियामा भइरहेका अन्य खोप अभियान समेत कोभिड–१९ को खोपलाई पनि राष्ट्रिय स्वास्थ्य प्रणालीमा आबद्ध गरिएको बताए ।

अस्ट्रेलिया सरकारले आगामी फेब्रुअरीको अन्त्यदेखि खोप दिन थाल्ने र अक्टोबरसम्ममा सम्पूर्ण जनसंख्यालाई खोप लगाइसक्ने योजना बनाएको छ ।

सीमामा आउजाउमा अति कडाई र कडा लकडाउन गरेको अस्ट्रेलियामा हालसम्म करिब २९ हजार व्यक्तिमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ९०९ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

संसद भवन छिर्न डराउने प्रधानमन्त्रीलाई संसदीय चुनावको भोक ! संसद भवन छिर्न डराउने प्रधानमन्त्रीलाई संसदीय चुनावको भोक ! ४ दिन पहिले
प्रत्येक वडा कार्यालय, विद्यालय र घरघरमा इन्टरनेट पुर्याउने प्रत्येक वडा कार्यालय, विद्यालय र घरघरमा इन्टरनेट पुर्याउने १ हप्ता पहिले
प्रचण्ड-माधव पक्षको जिल्ला नेतृत्व चयन प्रचण्ड-माधव पक्षको जिल्ला नेतृत्व चयन ४ दिन पहिले
नेप्सेमा तीन वाणिज्य बैंकसहित चार कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ? नेप्सेमा तीन वाणिज्य बैंकसहित चार कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ? १७ घण्टा पहिले
भारतमा ९४ लाखभन्दा बढीले लगाए ‘कोभिशिल्ड’ खोप भारतमा ९४ लाखभन्दा बढीले लगाए ‘कोभिशिल्ड’ खोप १ हप्ता पहिले
नेप्सेमा सात कम्पनीको १ करोड २० लाख कित्ता शेयर सूचीकृत, कुनको कति कित्ता ? नेप्सेमा सात कम्पनीको १ करोड २० लाख कित्ता शेयर सूचीकृत, कुनको कति कित्ता ? ७ दिन पहिले
शिक्षकले कहिले पिठियुँमा धाप मार्ने,गाला चिमोट्ने गरेका त छैनन् ? शिक्षकले कहिले पिठियुँमा धाप मार्ने,गाला चिमोट्ने गरेका त छैनन् ? ३ हप्ता पहिले
रसुवामा तीर्थ गोसाइँकुण्डको तलाउ जम्याे  रसुवामा तीर्थ गोसाइँकुण्डको तलाउ जम्याे  ३ हप्ता पहिले