शुक्रबार , फागुण २१, २०७७

ल्होछारका अवसरमा सार्वजनिक बिदा दिदै गाउँपालिका

ल्होछारका अवसरमा सार्वजनिक बिदा दिदै गाउँपालिका

२५ माघ,चरीकोट । दोलखाको शैलुङ गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने घोषण गरेको छ । गाउँपालिकाले यही माघ २९ गते देखि फागुन १ गते सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाका अधिकांश वडामा तामाङ समुदायको बाहुल्यता रहेको छ । ती समुदायले यही माघ ३० गते विशेष पर्वको रुपमा २८५७ औं लाङ म्हे (गाई वर्ग) ल्हो सोनामा ल्होछार मनाउँदै छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

गाउँपालिकाका अध्यक्ष भरत दुलालले हरेक समुदायको सांस्कृतिक रीतिरिवाज पालिकाको सम्पत्ती रहेकोले यसको संरक्षण र प्रर्वद्धन गर्न सार्वजनिक बिदा दिने घोषण गरिएको बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय