
२५ माघ, एजेन्सी । भारतको हिमाली राज्य उत्तराखण्डको धौलिगंगा नदीमा आइतबार एक्कासी बाढी आउँदा एक सयदेखि एक सय पचास जना सम्म हराइरहेको अम्मर उज्यालाले जनाएको छ ।
उत्तराखण्डको चमोली जिल्लामा हिमनदी फुटेपछि धौलीगंगामा नदीमा बाढी आएको थियो । जसका कारण, नकिकैको विद्युत गृहमा काम गरिरहेका मजदुर बगेको उज्यालाले समाचारमा उल्लेख गरेको हो ।
नदीमा आएको बाढीका कारण त्यसवरपर बस्ने सयौँ स्थानिय समेत जोखिममा परेको बताइएको छ । बाढीका कारण थप क्षति हुन नदिन पउरी, तेहरी, रुद्राप्रयाग, हरिद्धार र देहरादुन लगायतका जिल्लामा सर्तक रहन पूर्वसूचना जारी गरिएको छ ।
बाढीमा हराएका भारतीय र जोखिममा परेका स्थानियको उद्धारका लागि इन्डो–तिब्बतीयन बोर्डर पुलिस ९आइटीबीपी० का जवानहरुलाई खटाइसकिएको अम्मर उज्यालाले लेखेको छ ।
प्रतिक्रिया