शुक्रबार , फागुण १४, २०७७

नेप्सेमा यहि साता नेपाल इन्फ्रास्ट्रक्चर बैंकले शेयर सूचीकृत गर्ने

नेप्सेमा यहि साता नेपाल इन्फ्रास्ट्रक्चर बैंकले शेयर सूचीकृत गर्ने

२५ माघ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले यहि साता नेप्सेमा शेयर सूचीकृत गर्ने भएको छ । बैंकले यस साताभित्र शेयर सूचीकृत गरी कारोबारमा ल्याउन लागेको हो । । बैंकको शेयर सूचीकरणको सबै प्रकृया अन्तिम चरणमा पुगेको छ । त्यस अनुसार बैंकको शेयर अब नेप्सेमा सूचीकृत भएर यहि साता देखिनै कारोबारमा आउने भएको हो।

बैंकको शेयर सूचीकरणका आवश्यक सबै कागजपत्र आइसकेको नेप्सेले जनाएको छ। उक्त कागजपत्र अध्ययन गरेपछि सूचीकरणका लागि सम्झौता हुनेछ। नेप्से र कम्पनीबीच सूचीकरण सम्बन्धि सम्झौता भएपछि शेयर सूचीकरण भएको एक दिन पनि कारोबार शुरु हुनेछ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसै साता देखि नै कारोबारमा आउने गरि नेप्से सूचीकरण हुने नेप्सेले जनाएको छ।

बैंकको शेयर भने शेयरधनीको डिम्याट खातामा जम्मा भइसकेको छ। बैंकको शेयर निफ्रा कारोबार संकेतमा जम्मा भएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय