व्यवस्थापनका विद्यार्थीलाई दुईदिने शैक्षिक मेला
नेपालबहस संवाददाता
माघ २५, २०७७ आइतबार २२:२:२३
२५ माघ, काठमाडौं । व्यवस्थापन विषयमा शैक्षिक संस्था छनोटका लागि एकै थलोबाट सहजरुपले परामर्श सेवा प्रदान गर्ने उद्देश्यले दुईदिने शैक्षिक मेला ‘टेक्सास म्यानेजमेन्ट एण्ड आइटी एक्सपो’ आयोजना गरिएको छ । शैक्षिक परामर्श सेवा दिँदै आएको युनिभर्सल थट कन्सल्ट (युटिसी) ले कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरेको मेलामा काठमाडौँका व्यवस्थापन सङ्काय अध्यापन गराउने ३१ कलेज सहभागी छन् ।
मेलाको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायका सहायक डीन प्रोफेसर डा ध्रुुव गौतमले व्यवस्थापनमा राम्रो र गुणस्तरीय शैक्षिक संस्था छनोट गर्न यस्ता कार्यक्रम उपयोगी हुने बताए । उनले विद्यार्थीलाई राम्रो विद्यालय छनोटका साथै आगामी दिनमा रोजगारका लागि पनि युवा पुस्तालाई अभिप्रेरित गर्ने बताए। सहायक डीन गौतमले यस्ता इभेन्ट कलेज भर्ना अगाडिभन्दा अन्य समयमा पनि रोजगार प्रदान गर्न सहयोगीको भूमिका खेल्न सकोस् भनी शुभकामना व्यक्त गरे।
राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश सिलवालले भोलिका दिनमा युटिसीसँग सहकार्य गरी असल तथा जेहेन्दार विद्यार्थीलाई गुणस्तरीय शिक्षा र विभिन्न व्यवस्थापन सङ्कायमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्तिको सहयोग गर्ने वचन दिए । युटिसीका निर्देशक प्रकाश ढकालले व्यवस्थापन सङ्कायमा अध्ययन गर्न चाहने १० जोड दुुई पास गर्न सफल विद्यार्थीका लागि शैक्षिक गन्तव्य पहिचान गर्न सहजीकरण गर्ने उद्देश्यले पाँच वर्षदेखि मेला आयोजना गर्दै आएको जानकारी दिए । कार्यक्रममा विद्यार्थीले मनोरञ्जनात्मक खेलकूद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी रौनकता थपेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
बैशाख १२, २०८१ बुधबार
राजनीतिक दलमा लागेका शिक्षकमाथि एक्सन, कारवाही गर्न ७७ जिल्लामा निर्देशन
बैशाख ९, २०८१ आइतबार
मुगुमा भर्नासँगै विद्यार्थीका हातमा पाठ्यपुस्तक
चैत २५, २०८० आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
वागमतीको हिउदे अधिवेशन अन्त्य गर्न सिफारिस
बैशाख १२, २०८१ बुधबार
राष्ट्रिय महिला भलिबल खेलाडी चन्दलाई ५० हजार नगदसहित सम्मान
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
फिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार