मंगलबार , फागुण १८, २०७७

आध्यात्मिक जागरणसँगै निम्बार्क सम्प्रदायको विस्तार गर्ने

आध्यात्मिक जागरणसँगै निम्बार्क सम्प्रदायको विस्तार गर्ने

२५ माघ,पोखरा । पोखरा महानगरपालिका–३२ लामोआहालस्थित राधाकृष्ण मन्दिर यस्तै आध्यात्मिक जागरणसहित निम्बार्क सम्प्रदायको विस्तार गर्ने लक्ष्यका साथ विसं २०२२ मा स्थापना भएको हो । मन्दिर स्थापनाको पाँच दशकभन्दा बढी भइसकेको अवस्थामा राधाकृष्ण मन्दिरसँगै यसको सक्रियतामा राधाकृष्ण गुरुकूल संस्कृत विद्यालय केही वर्षयता सञ्चालनमा आइसकेको छ ।

विसं २०७० मा स्वीकृति प्राप्त गरी विसं २०७१ देखि सञ्चालनमा आएको यस विद्यालयमा कक्षा ६ देखि १० सम्मको अध्ययन अध्यापन हुँदै आएको छ । विद्यालयमा संस्कृत माध्यमिक विद्यालयको पाठ्यक्रममा आधारित रही पठनपाठन भइरहेको छ । विद्यालयमा हाल विभिन्न जिल्लाबाट आएका ३० विद्यार्थी आवासीय रुपमा अध्ययन गरिरहेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मन्दिरको लामोआहालमा लगभग ५२ रोपनी जग्गा रहेको छ । विसं २०२२ मा तनहुँको शुक्लागण्डकी नगरपालिका–१ सेराबेंसीकी भक्तिनी आमाका रुपमा परिचित हरिप्रिया दासीको सङ्कल्प एवं उनको गुरु भगवतशरण देवाचार्यको सक्रियतामा मन्दिर स्थापना गरिएको हो । इतिहासअनुसार तत्कालीन समयमा मन्दिर स्थापनाका लागि राजा महेन्द्रसँग भेटेर जग्गा उपलब्ध गराउन आग्रह गरिएको र तत्कालीन रुपाकोट गाउँ पञ्चायतबाट जग्गा प्राप्त भएको हो ।

मन्दिर स्थापना भएपछि नेपालका निम्बार्क सम्प्रदायका संस्थापक भगवतशरण देवाचार्य पीठाधीश बनेका थिए । भगवतशरण देवाचार्य बृन्दावनबाट फर्केपछि विसं २००८ मा स्याङ्जा, पाल्पा र तनहुँको सङ्गम केलादीघाटमा निम्बार्क पीठ स्थापना गरी यस सम्प्रदायको प्रचारप्रसारमा लागेका थिए । मांसाहारलाई बर्जित गर्ने यस सम्प्रदायका अनुयायी एकान्तप्रिय, साधना प्रिय र राधाकृष्णका उपासक हुन्छन् ।

नेपालमा लगभग चार लाख जति निम्बार्क सम्प्रदायका अनुयायी रहेको अनुमान गरिएको छ । लामोआहालमा राधाकृष्ण मन्दिर स्थापनासँगै यस क्षेत्रमा निम्बार्क सम्प्रदायको विस्तार, वृद्धाश्रम, गौशाला आदिको स्थापना हुँदै विद्यालयसमेत स्थापना हुनु आफैँमा महत्वपूर्ण उपलब्धि हो । राधाकृष्ण मन्दिर स्थापना भएसँगै यहाँको पीठाधीशको जिम्मेवारी भगवतशरण देवाचार्य २०२२–२०३६०, हरिदास देवाचार्य २०३६–२०५२०, शखीशरण भण्डारी २०५२–२०६४०, लक्ष्मीशरण पौडेल ९२०६४–२०७५० र मुकुन्दशरण उपाध्याय९२०७५ देखि हालसम्म० प्राप्त गरेका छन् ।

मन्दिरको सक्रियतामा वृद्धाश्रम तथा विद्यालय सञ्चालनमा ल्याइए पनि खर्च व्यवस्थापन भने विभिन्न दानदातव्यबाट भइरहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । वृद्धाश्रममा बस्दै आएका लगभग ५० जनाको सङ्ख्याका ज्येष्ठ नागरिकमध्ये कतिपयले आफैँ खाना बनाएर खाने गरेको तथा कतिपयलाई खाना बनाएर खुवाउने गरिएको मन्दिर व्यवस्थापन समितिले बताएको छ ।

विद्यालय सञ्चालनका लागि पोखरा महानगरपालिकाको शिक्षा प्रशासन महाशाखाबाट लगभग सात लाख रुपैयाँ वार्षिक अनुदान आउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त सिग्देलले जानकारी दिएका छन् । विद्यार्थीलाई आवासीयरुपमा राखेर पठनपाठन गराइएको उल्लेख गर्दै उनले आवास खर्चका साथै शिक्षकलाई पारिश्रमिकको जोहो गर्न धौधौ हुने गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय