आइतबार , फागुण १६, २०७७

हुम्लामा हावाहुरीका कारण हवाई सेवा बन्द

हुम्लामा हावाहुरीका कारण हवाई सेवा बन्द

२५ माघ,सिमकोट । दुर्गम हिमाली जिल्ला हुम्लामा सञ्चालित एकमात्र यातायात साधन हवाई सेवा ठप्प भएको छ । शनिबार रातिदेखि चलेको हावाहुरीका कारण नेपालगञ्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले हावाहुरीका कारण हवाई उडान गर्न नसकेका हुन् ।

जिल्लाको एकमात्रै अन्तर जिल्ला जोड्ने यातायात हवाई सेवा भए पनि नियमित चलेको हावाहुरीका कारण बिहानैदेखि उडान हुन नसक्दा टिकट लिएर बसेका यात्रु सिमकोटमै रोकिएका सिमकोट विमानस्थलले जानकारी दिएको छ । हवाई सेवा बन्द हुँदा नेपालगञ्ज र सुर्खेतदेखि सिमकोट आउने यात्रुसहित कार्गो सामान रोकिएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न, दैनिक उपभोग्य सामान, तरकारी र कार्गोका सामान पनि ढुवानी हुनसकेको छैन ।

त्यस्तै तीव्र चलेको हावाहुरीले बिहानदेखि हिल्दुम वितरण केन्द्रले अप्रिय घटना नहोस् भनेर विधुत द्युत सेवा बन्द गरेको छ । शनिबार रातिदेखि चलेको हुरीले सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउाँपालिकासहित खार्पुनाथ गाउँपालिकाका सेवाग्राही प्रभावित भएका छन् । विधुत सेवा बन्द हुँदा सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालय तथा सिमकोटमा सञ्चालित इलेक्ट्रोनिक पसल व्यवसायीलाई समेत समस्या बनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय