बुधबार , फागुण १९, २०७७

पछिल्लो २४ घण्टामा थप ११९ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा थप ११९ जनामा संक्रमण

२५ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १९ जना कोरोना संक्रमणको पुष्टि भएको छ ।  यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आइतबार २ सय ६० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ७२ पुगेको छ।  हाल देशभर १ हजार ८ सय १५ जना सक्रिय संक्रमित रहेका  छन्। गत २४ घण्टामा २ हजार २ सय ५१ पीसीआर परीक्षण भएको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ३८ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय