शुक्रबार , फागुण २१, २०७७

अब जुम्लाको मार्सी चामल काठमाडौंमा

अब जुम्लाको मार्सी चामल काठमाडौंमा

२५ माघ,काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्रीमा राखेको जुम्लाको मार्सी धानको चामल उपभोक्ताको रोजाइमा पर्न थालेको छ । यही माघ १५ गतेदेखि कम्पनीले काठमाडौँ उपत्यकाका बिक्री काउन्टरबाट बिक्री वितरण शुरु गरेको उक्त चामल शुक्रबारसम्म करीब एक हजार किलो बिक्री भइसकेको छ ।

परीक्षणका रुपमा चामल बिक्री गरेको कम्पनीले शुरुआती मूल्य प्रतिकिलो रु २२५ मा बिक्री गरेको छ । शुक्रबारसम्म ९मार्सीको चामल बिक्रीमा राखिएको आठ दिन शनिबारबाहेक० काठमाडौँ उपत्यकामा रहेका पाँचवटा बिक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकबाट ९५१ किलो मार्सी चामल बिक्री भइसकेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मार्सी चामल बिक्री शुरु गरेकै दिनदेखि उपभोक्ताको रोजाइमा परेको छ । शुरुआती चरणमा कम्पनीले जुम्लाको मार्सी चामललाई ‘नेपाल फुड’ ब्रान्डमा आकर्षण प्याकिङ गरेर काठमाडौँमा बिक्री वितरण शुरु गरेको हो । मार्सी चामल कम्पनीले पहिलो चरणमा सुर्खेतबाट २७० क्विन्टल खरीद गरेर काठमाडौँ उपत्यकाका पाँच बिक्री काउन्टरबाट बिक्री शुरु गरेको हो ।

कम्पनीले यसअघि बिक्री वितरण गर्दै आएको अन्य चामल जस्तै मार्सी चामल बिक्री भएको छ । बन्दाबन्दीको समयदेखि शुरु गरिएको अनलाइनमा समेत उक्त चामल राखिएको कम्पनीले जनाएको छ । कम्पनीले चालू आर्थिक वर्षको कार्यक्रमभित्र रहेको जुम्लाको मार्सी धान खरीदको प्रक्रिया शुरु गरेको छ । धान खरीद प्राथमिक समितिले जुम्लाको मार्सी धान खरीद गर्न प्रतिकिलो १०२ रुपैयाँ ५० पैसा र चामल प्रतिकिलो १६२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय