ओली काकाले हिन्दूराष्ट्र घोषणा गरे कि नाँई ?
नार्गाजुन दरबारबाट हप्तावारी उठाउनेहरुको कन्तबिजोग

केही दिन अघिदेखि नेपाली अनलाईन खबरहरुमा असाध्यै धेरै चर्चामा रहेर आएका समाचारहरु मध्येको एक हो, माघ २३ गतेको नेकपा ओली समूहको दरबारमार्गको आमसभा । सो आमसभा नेकपाका ओली समूहका लागि त्यसै पनि जीवनमरणको सवाल छँदै थियो , त्यसमा अझ अर्को समूह पनि छद्मभेषमा थपिएको थियो । त्यो हो राजावादीहरुको समूह ।
बालुवाटारको रात्रीकालिन हरियो सन्देश हो या राजावादीहरुको मनोगत आत्मविश्वास ? ओलीले माघ २३ गतेको सडक सभाबाट हिन्दूराष्ट्रको बारेमा कही न कही कुनै न कुनै कोणबाट बिषय उठान गरिदिन्छन् भन्ने अत्यन्तै ठूलो अभिलाषा राजावादीहरुको रहेको थियो । जसलाई केही राजावादी अनलाईन खबर र राजावादी राजनीतिज्ञहरुले विभिन्न सञ्चारमाध्यमहरुमा बोल्दै र लेख्दै आईरहेका पनि थिए ।
यही कुरालाई शीर्षस्थानमा राखेर केपी ओलीको मुक्तकण्ठले प्रशंसा गर्नेहरुको लर्को केही दिनदेखि असाध्यै ठूलो संख्यामा देखिएको पनि हो । यसमा गुप्त रुपमा बालुवाटारको हरियो बत्तिको रुपमा लिएर नै राजावादीहरु यसरी खुलमखुल्ला ओलीको भक्तिगानमा ओर्लिएका हुन भन्ने धेरै मानिसलाई भान नै परिसकेको थियो ।
राजधानीका राजावादीहरुको यो उल्लास र खुशीयालीमा एक थोपा पानी पनि नहाली केबल काठमाडौंको जाडोमा कठाङ्ग्रिएको ज्यान सम्हाल्दै आफ्ना आँखाका आँसु पुछेरै, आफनै पुरानै आत्मरतिमा बहकिँदै र केही समय अघिसम्म एउटै झण्डामुनी बसेर देशनिर्माणको महान अभियानको थालनी गरेका आफ्नै सहयात्रीहरुको मानमर्दन गर्न मै आफ्नो सम्पूर्ण समय खर्चिएपछि त्यहाँ भेला हुन आएका राजावादीहरु कालोमुख लगाएर घर फर्कन बाध्य भएका थिए । वास्तवमा राजावादीको खोल ओढेर नार्गाजुन दरबारबाट हप्तावारी उठाउनेहरुको कन्तबिजोग नै बनाई दिएका थिए, प्रधानमन्त्री केपी शर्मा ओलीले ।
आफुले आयोजना गरेको जनसभामा प्रचण्ड–नेपाल समूहको आधा पनि मान्छे नजुटने अवस्था बुझेका प्रधानमन्त्री कोपी शर्मा ओलीले रातारात राजावादीहरुलाई उक्स्याई दिए कि अब नेपाल हिन्दूराष्ट्र हुन्छ भनेर । उनले यसको छनकका रुपमा केही समय अघिमात्रै पशुपतिनाथको मन्दिरमा गएर सवालाख बत्ति बालेर दिईसकेका पनि थिए ।
राजा सबैका साझा हुन र हुनुपर्छ, भनेर नेपाली नागरिकहरुबाट नेपालमा राजसंस्थाको अझै पनि कही न कही, कुनै न कुनै बिन्दूबाट आवश्यकता महशुश भैरहेका बेला ओली कम्युनिष्टका बुई चढेर राजावादी समूहमा पनि कमल थापा समूह भनेर चिनिएका राजावादीहरुको ओलीप्रतिको आशावादिताले झनै नाङ्गो बनाईदिएको छ ।
मैले सोही समयमा एउटा आर्टिकल लेखेको पनि थिएं “नास्तिकको मन्दिर मोह” । आखिर अहिले आएर देखियो पनि त्यस्तै । न त ओलीले हिन्दू धर्मका बारेमा केही बोले न त राजावादीहरुलाई साधुवाद नै दिए । बरु आमसभामा ओलीको भाषण सुन्न उभिएका सबैलाई ओलीवादको महान अभियानका सारथीका रुपमा उभ्याइदिए । सबैलाई ओलीले आफ्नो जयजयकार लगाउन लगाए अनि घर पठाए ।
अहिले फेरि सामाजिक सञ्जालमा एउटा समाचारले प्राथमिकता पाईरहेको छ, साँच्चि ओली काकाले हिजो हिन्दूराष्ट्र घोषणा गरे कि नाँई ? यत्रो हल्ला गराएर राजावादीहरुको हुर्मत लिंदा पनि राजावादीहरु अझै पनि ओलीबाट केही गराउन सकिन्छ कि ? भनेर पछि लागिरहेको देखिन्छ । ओलीले हिन्दूराष्ट्र घोषणा गर्छन् कि भनेर कमल थापा र राजावादी कार्यकर्ताहरुको दरबारमार्गमा भीड लागेको थियो, तर ओली काकाले तिनीहरुलाई पनि नराम्रोसँग थाङ्नामा सुताइ दिए । आफै केही गर्न नसकेर ओलीको बुई चढन पुगेका कमल थापाहरु र राजावादी युटुबेहरुको हबिगत पनि दरबारमार्गको कोणसभामा राम्रैसँग देख्न पाईयो ।
जनता के चाहान्छन् ? भन्ने कुराको सामान्य पनि हेक्का नराखी ओलीका पछाडि दौडिएका राजावादीहरुको यसभन्दा अगाडिको आन्दोलन पनि हिजो ओलीको अन्धोभक्त समर्थनले निमिट्यान्न पारिदिएको छ । राजा सबैका साझा हुन र हुनुपर्छ, भनेर नेपाली नागरिकहरुबाट नेपालमा राजसंस्थाको अझै पनि कही न कही, कुनै न कुनै बिन्दूबाट आवश्यकता महशुश भैरहेका बेला ओली कम्युनिष्टका बुई चढेर राजावादी समूहमा पनि कमल थापा समूह भनेर चिनिएका राजावादीहरुको ओलीप्रतिको आशावादिताले झनै नाङ्गो बनाईदिएको छ ।
राजालाई सिमित ब्यक्तिहरुको मागिखाने भाँडो बनाउन खोज्नु, राजालाई कम्युनिष्टहरुका चाटुकारहरुले बोकिदिन्छन् भन्ने भ्रममा रहनु र ओलीले हिन्दूराष्ट्र घोषणा गर्नसक्ने ल्याकत राख्न सक्छन् भन्ने अपेक्षा गर्नु नै मेरो विचारमा राजावादी हौं भन्नेहरुको महान भूल हो ।
ओली त्यस्ता ब्यक्ति हुन, जो आफुलाई पार्टीभित्र असहज परिस्थिति हुँदा सुतेरै टारिदिन्छन् अनि पार्टीभित्र आफु अनुकुल अवस्था सृजना भएको थाहा पाउने बित्तिकै आफ्नैलाई सिनित्तै पारिदिन्छन् । हिजो उनको बालुवाटार सुताई र वर्तमानको होटेल र सडकमा आयोजना गरिएका आफ्ना समूहका कार्यकर्ताहरु बीचको भुकाईले ओलीको वास्तबिकता पढन सजिलो बनाई दिएको छैन र ?
प्रतिक्रिया