एकीकरण एक दिनको मात्र काम होइन : ओली
नेपालबहस संवाददाता
माघ २५, २०७७ सोमबार २:९:२१
२५ माघ , काठमाडौं । प्रधानमन्त्री केपी ओलीले वीर पुर्खाको ठूलो योगदान र बलिदानीबाट निर्माण भएको नेपाल राष्ट्रलाई मेलमिलाप र एकताका माध्यमबाट अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । नेपाली सेनाद्वारा सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत् गोष्ठी समापनका अवसरमा उनले मुलुकको मौलिक पहिचान विविधतामा एकता कामय गरी अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिए ।
प्रधानमन्त्री ओलीले भने, “एकीकरण एक दिनको मात्र काम होइन, यो अनवरत काम हो, हिजो एकीकरण लडाइँबाट गर्नुपरेको थियो, एकीकृत राज्यलाई लडाइँबाट बचाउनुपरेको थियो, आज एकीकृत राज्यलाई नेपालीको मेलमिलाप र एकताबाट बचाउनुपरेको छ ।” पहिचानका नाममा कतिपयबाट राजनीतिलाई अनुचित ढङ्गले उछाल्ने र भड्काउने काम भइरहेको बताउँदै उनले राष्ट्रनिर्माण र बचेको इतिहास स्वाभिमान बुझेर वीरपुर्खाको कदर गरिनुपर्छ भने।
पहिचान, इतिहास, परम्परा र बहादुर पुर्खाले लडेर बचाएको नेपालको नक्साले गौरवपूर्ण इतिहास बोकेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “नेपालको एकीकरणको अभियानमा योगदान पुर्याउने पुर्खाको वीरगाथालाई सम्मान छ, सलाम भन्न चाहन्छु । हाम्रा पूर्वजको योगदान र बलिदान आउँदो पुस्ताले नबिर्सियोस् ।”
राष्ट्र बचाउने गढी र किल्लामा भएको बलिदान, बगेको रगत र भोगेको कष्टबाट आज हामीले नेपाल देश र नेपाली भन्न पाएको उल्लेख गर्दै उनले इतिहासको तथ्यपरक खोज अनुसन्धानलाई स्थापित गराउँदै आउँदो पुस्ताले त्यो कुरा नबिर्सियोस् भन्नाका लागि गौरवपूर्ण इतिहास बोकेका महान् पुर्खाको यथोचित सम्मान गर्नुपर्ने बताए ।
सो अवसरमा महासेनानी प्रकाशबहादुर चन्दले नेपालको गौरवमय इतिहासको जगेर्ना गर्ने कार्यमा राष्ट्रियरूपमा उपलब्ध स्रोत, साधन र सोचको अधिकतम प्रयोग गर्दै एकीकरण मार्ग कार्यक्रमसँग सम्बद्ध सबै पक्षको बुझाइमा एकरूपता कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । स्थानीय स्तरसम्म सबैको हितमा हुने गरी सामूहिकरूपमा दीर्घकालसम्म उपयोगी कार्यक्रम निर्धारण गर्ने हेतुले सेनाले एकीकरण मार्ग कार्यक्रम गरेको जानकारी दिएको छ ।
सरकारले एकीकरण मार्गसम्बन्धी कार्यक्रमलाई दुई वर्षदेखि नीति तथा कार्यक्रममा समेटेको छ । नेपालको एकीकरणका समयमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र अरू अभियानकर्मीले प्रयोग गरेको मार्गलाई पर्यटन पदमार्गका रूपमा विकास गर्ने अवधारणाअनुरूप अहिले मुलुकका १६ स्थानमा पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
सेनाले एकीकरणको इतिहासको संरक्षण गर्ने तथा भावी पुस्तालाई जानकारी दिलाउन ऐतिहासिक दस्तावेजको खोज अनुसन्धान भइरहेको जानकारी दिएको छ । पछिल्लो समय उक्त पदमार्ग संरक्षणमा उत्साहजनक सहभागिता जुटेको, आम नागरिकमा अपनत्व बढेको तथा एकीकृत कार्यक्रमसहित अघि बढ्न सुझाव प्राप्त भएको बताइएको छ ।
पछिल्ला वर्षमा सेनाले गोरखादेखि काठमाडाैं सम्म उक्त पदमार्गको १९६.८ किलोमिटरमा वार्षिकरूपमा एकीकरण पदयात्रा सञ्चालन गर्दै आएको छ । नेपालको एकीकरणसँग जोडिएका मुलुकमा १३२ वटा गढी तथा किल्ला रहेका छन् । सेनाले उक्त मार्गको संरक्षण, संवद्र्धन र प्रचारप्रसारमा समेत सहयोग पुगोस् भन्ने हेतुले इतिहास र संस्कृतिविद्, उच्च सैनिक अधिकृत, प्राध्यापक र पत्रकारसमेतको सहभागितामा तीन दिन गोष्ठी आयोजना गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार