शनिबार , फागुण १५, २०७७

भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि

भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि

२५ माघ, काठमाडौं ।  बैतडीको दोगडाकेदार नगरपालिका-७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । भट्टको बलात्कारपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

घटनास्थलबाट बरामद गरिएका विभिन्‍न सबुत प्रमाणका आधारमा थप अनुसन्धान जारी रहेको उनको भनाइ छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टम रिपोर्टका आधारमा भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको प्रहरीले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रहरीका अनुसार  भट्टको घाँटीमा पनि निलडाम छ । उनको यौनांगमा पनि घाउ रहेको पाइएको हाे ।  शरीरको विभिन्न भागमा देखिएको चोटपटकले उनलाई जबरजस्ती घिसारिएको जस्तो पनि देखिएको प्रहरीले जनाएकाे छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदी आइतबार बिहानै  घटनास्थल पुगेर अनुसन्धानको निरीक्षण गरेका थिए ।

सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने भट्ट बुधबार साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरी र छिमेकी गुहारेका थिए । भट्ट विद्यालयबाट घर फर्किने बाटोमा बिहीबार बिहान मुख्य सडकबाट ५० मिटर टाढा शव भेटिएको थियो ।

लगत्तै तालिम प्राप्त कुकुरलाई घटनास्थल लैजाँदा भट्टको मोबाइल भेटिएको थियो । प्रहरीले उनको मोबाइललाई केन्द्रमा राखेर प्राविधिक पाटोबाट अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कोलम्बियामा फेरि स्वास्थ्य सङ्कटकालको म्याद थपियाे कोलम्बियामा फेरि स्वास्थ्य सङ्कटकालको म्याद थपियाे १२ घण्टा पहिले
अनुदानको रकम लिन नक्कली किसान बन्नेको होडबाजी अनुदानको रकम लिन नक्कली किसान बन्नेको होडबाजी २१ घण्टा पहिले
चिनियाँ कम्पनीले पायो सुनकोशी मरिण डाइभर्सन निर्माणको ठेक्का, टीबीएमले खन्दैछ सबैभन्दा लामो सुरुङ चिनियाँ कम्पनीले पायो सुनकोशी मरिण डाइभर्सन निर्माणको ठेक्का, टीबीएमले खन्दैछ सबैभन्दा लामो सुरुङ १६ घण्टा पहिले
वादी समुदायको माग पूरा गर्न प्रदेश सरकारलाई आग्रह वादी समुदायको माग पूरा गर्न प्रदेश सरकारलाई आग्रह १६ घण्टा पहिले
आज साँझ ५ बजे क्याबिनेट बस्दै आज साँझ ५ बजे क्याबिनेट बस्दै १९ घण्टा पहिले
‘एनआईबीएल’को ३५ वर्षः १५५ अर्ब कर्जा बिस्तार, १२ लाख बढी ग्राहकलाई सेवा प्रदान ‘एनआईबीएल’को ३५ वर्षः १५५ अर्ब कर्जा बिस्तार, १२ लाख बढी ग्राहकलाई सेवा प्रदान १५ घण्टा पहिले
बृहत् नागरिक आन्दोलनको अगुवाइमा काठमाडौंमा प्रदर्शन बृहत् नागरिक आन्दोलनको अगुवाइमा काठमाडौंमा प्रदर्शन १६ घण्टा पहिले
कांग्रेस सभापति देउवासँग भारतीय र चिनियाँ राजदूतको भेटवार्ता कांग्रेस सभापति देउवासँग भारतीय र चिनियाँ राजदूतको भेटवार्ता २१ घण्टा पहिले