शनिबार , फागुण १५, २०७७

पंखामा झुण्डाएर टिकटक बनाउने क्रममा युवतीको मृत्यु

पंखामा झुण्डाएर टिकटक बनाउने क्रममा युवतीको मृत्यु

२५ माघ, धनगढी । पछिल्लाे समय सामाजिक सञ्जाल टिकटकले धेरैकाे मन तानेकाे छ । यहि टिकटक अभिनयमा युवाहरूले नयाँ र फरक प्रयोग गर्न खोज्छन् । नयाँ प्रयोगको गर्ने क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ कि करुणा चन्दले स्टुलमा चढेर पंखामा डोरी बाँधिन् ।

घटना शनिबार दिउँसोको समयमा करुणाका साथमा थिए, उनका कान्छो भाई । टिकटक बनाउने बेला करुणाले पंखामा झुण्डाएको डोरी आफ्नो घाँटीमा पनि बाँधिन् । सोही समयमा खुट्टामुनी रहेको स्टुल खस्न पुग्यो र करुणा पंखामा झुण्डिन पुगिन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नजिकै रहेका सानो भाइले गर्न केही सकेनन् । तर खेतमा रहेकी आमालाई घटनाबारे जानकारी गराए । घटनाबारे सुनेर उनकी आमा घर पुगिन् तर करुणाले प्राण त्यागीसकेकी थिइन् ।

केही वर्षअघि करुणाका दाईको पनि नहरमा डुबेर मृत्यु भएको थियो । उक्त घाउ निको नहुँदै फेरि छोरी गुमाउन परेपछि अहिले चन्द दम्पत्तिको आँसु थामिएको छैन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले टिकटक बनाउने क्रममा करुणको ज्यान गएको बताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय