तास खेल्दै गरेको अवस्थामा सात जुवाडे पक्राउ
नेपालबहस संवाददाता
माघ २६, २०७७ सोमबार १३:५२:७
२६ माघ, स्याङ्जा । तास खेल्दै गरेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–४ नागडाँडास्थित निरञ्जन श्रेष्ठले सञ्चालन गर्दै आएको खाजा घरबाट प्रहरीले तास खेल्दै गरेको अवस्थामा पुतलीबजार–४ का खाजा घर सञ्चालक ३७ वर्षीय श्रेष्ठसहित सोही ठाउँ बस्ने ३८ वर्षीय मदन पौडेल, ५१ वर्षीय चन्द्रबहादुर गुरुङ, ५१ वर्षीय दाताराम पोखरेल, ३८ वर्षीय लोकनाथ गिरी, ५७ वर्षीय कृष्ण थकाली र ५१ वर्षीय भक्तबहादुर दमैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
तास खेल्नेहरुको साथबाट रु ३५ हजार ९६० नेपाली र १७ हजार १३० भारतीय रुपैयाँसहित चार बुक ताससमेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई १० दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार