चितवनमा प्रेम मार्केट च्याम्पियनसिप हुँदै
नेपालबहस संवाददाता
माघ २६, २०७७ सोमबार १४:५९:९
२६ माघ, चितवन । चितवन क्रिकेट सङ्घको आयोजनामा १७ औँ संस्करणका रूपमा ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप–२०७७’ हुने भएको छ । प्रतियोगिता यही माघ २७ देखि फागुन १ गतेसम्म चल्नेछ । सङ्घले आइतबार एक विज्ञप्ति जारी गर्दै एकदिवसीय विधा (५० ओभर)को प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
प्रतियोगितामा जिल्लाभरका छ वटा टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक उमेश पियाले जानकारी दिए । उनका अनुसार चितवन क्रिकेट क्लब, भरतपुर क्रिकेट क्लब, मुनस्टोन क्रिकेट क्लब मङ्गलपुर, इस्र्टन क्रिकेट एकेडेमी टाँडी, बेलचोक क्रिकेट क्लब भरतपुर र गीतानगर क्रिकेट क्लब प्रतियोगितामा सहभागी हुनेछन् । छ टिमलाई दुई समूहमा विभाजन गरी लिग खेलाइने छ भने समूह विजेता टोलीले सिधै उपाधिका लागि भिड्ने आयोजकले जनाएको छ । ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप–२०७७’ प्रतियोगिता धुर्मुस–सुन्तली फाण्डेशनको अगुवाइमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा हुनेछ ।
प्रतियोगिताको विजेताले रु २० हजार र उपविजेताले रु १० हजार पुरस्कार पाउने सङ्घका अध्यक्ष कैलाश प्रधानले जानकारी दिए । यस्तै म्यान अफ दि म्याच, म्यान अफ दि सिरिज, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान पुरस्कार प्रदान गरिने उनले बताए । प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडी आकाश थापा, गौतम केसी, हरिबहादुर चौहान, दीपेश श्रेष्ठ, अजित भण्डारी, सङ्घर्ष पौडेललगायतका खेलाडीले खेल्नेछन् । यस प्रतियोगिताले युवा खेलाडीको स्तरवृद्धिमा सहयोग पुर्याउने सङ्घले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक प्रेम सुपर मार्केट नारायणगढ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
कम्बोडियालाई पराजित गर्दै युएई सेमिफाइनलमा
बैशाख ५, २०८१ बुधबार
एनवाईएफ वीरगन्जलाई पर्साका पत्रकारले हराए
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार