गृहसचिव र डीआईजी सरुवाको तयारी
नेपालबहस संवाददाता
माघ २६, २०७७ सोमबार १८:१३:२५
२६ माघ, काठमाडौं । सरकारले निर्वाचन घोषणा गरेपछि गृहसचिव हेरफेर गर्ने तयारी गरेको छ । अन्य सचिवहरुको सरुवासँगै गृहसचिवलाई पनि सरुवा गर्ने तयारी भएकाे हो । सर्वोच्च अदालतमा संसद विघटन सम्बन्धी मुद्धा विचाराधीन रहेको अवस्थामै सचिवहरुको सरुवा गर्ने तयारी गरिएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयको सचिवमा एकनारायण अर्याललाई ल्याउने तयारी गरेकाे छ । तर, गृहमन्त्री रामबहादुर थापाले भने सूर्य गौतमलाई ल्याउन पहल गरिरहेका छन् । अर्याल प्रधानमन्त्रीसँग निकट रहेकाले गृहमा आउन खोजिरहेका छन् । तर, गृहमन्त्रीले भने अर्यालको साटोमा सार्वजनिक खरिद ऐनमा रहेका गौतमलाई ल्याउने तयारी गरेका हुन् ।
त्यस्तै सरकारले सातै प्रदेशका प्रहरी प्रमुख हेरफेरको गृहकार्य भइरहेको स्रोत बताउँछ । हाल प्रदेश नम्बर १ मा ईश्वरबाबु कार्की, २ मा धीरजप्रताप सिंह, बागमतीमा बसन्त लामा, गण्डकीमा घनश्याम अर्याल, लुम्बिनीमा रबिन्द्र धानुक, कर्णालीमा बसन्त पन्त तथा सुदुरपश्चिममा उत्तम सुवेदी छन् ।
उनीहरुमध्ये रबिन्द्र धानुक कमाउने अभियानमा रहेकाले उनीविरुद्ध धेरै उजुरीसमेत परेकाे बताइएकाे छ । प्रदेशमा उनीहरुको १० महिना मात्र पुगेपनि पछि चुनावको मुखमा सरुवा गर्न नमिल्ने भएकाले अहिले नै सरुवाको तयारी भएको हो ।
प्रधानमन्त्री ओलीले आफू अनुकुलका डीआईजीलाई प्रदेशमा पठाउने तयारी गरेका छन् । जसमा सहकुल थापा, अरुण बिसी, प्रकाशजंग कार्की प्रमुख दाबेदार छन् । त्यस्तै हालै बढुवा भएका पुरुषोत्तम कँडेल, गणेश ऐर, दिवेश लोहनी, डा. देवबहादुर बोहरालगायत पनि प्रदेश जान चाहेका छन् ।
डीआईजी धानुकले दाङबाट गोरु तस्करीलाई प्रश्रय दिएका कारण उनको सरुवा तयारी भएको हो । प्रहरी निरीक्षक हुँदै लाखौ रुपैयाँ घोटलामा कारवाहीमा मात्र होइन निलम्बनमै परेका डीआईजी धानुकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार