
२६ माघ, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त सार्वजनिक विवरणका अनुसार इन्स्योरेन्सको मुनाफा बढेको छ ।
दोस्रो त्रैमाससम्म कम्पनीले ५ करोड ५४ लाख ९१ हजार रुपैयाँ मुनाफा आर्जन गरको छ । अघिल्लो वर्ष यसै अवधिमा ३ करोड ५१ लाख ७८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । सो अनुरुप दोस्रो त्रैमाससम्ममा कम्पनीले २ करोड ३ लाख १३ हजार रुपैयाँले मुनाफा बढाएको हो ।
चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ७.९३ रुपैयाँ छ । जगेडा कोषमा १७ करोड १९ लाख ४६ हजार रुपैयाँ सञ्चित रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११२.२८ रुपैयाँ छ ।
प्रतिक्रिया