शनिबार , फागुण १५, २०७७

लामो समयसम्म भाडा नबुझाउने बन्द उद्योगको सामान जफत

लामो समयसम्म भाडा नबुझाउने बन्द उद्योगको सामान जफत

२६ माघ, लहान । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय राजविराज सप्तरीले लामो समयसम्म भाडाबापतको रकम नबुझाउने उद्योगको समान जफत गरी असूली गर्ने प्रक्रिया शुरु गरेको छ ।

औद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालनका लागि सेड भाडामा लिए पनि लामो समयदेखि उद्योग सञ्चालन नगरेको र भाडाबापतको रकमसमेत नतिरेपछि कृष्णा खाद्य उद्योग र पदमा ज्योति प्लाष्टिक उद्योगको समान जफत गरी भाडाबापतको रकम असुल्ने प्रक्रिया शुरु गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

वर्षौदेखि उद्योगको नाममा सेड भाडामा लिएर उद्योग सञ्चालन नगरी कब्जामा राख्ने र भाडासमेत नबुझाउने प्रवृत्ति बढेपछि कारवाही गरी सेड खाली गराइएको तथा सामानसमेत लिलाम गर्ने प्रक्रिया अघि बढाइएको औद्योगिक क्षेत्रका प्रमुख दीपक आचार्यले जानकारी दिए ।

खाली गराइएका सेडमा नयाँ उद्योग सञ्चालनका लागि प्रक्रियासमेत शुरु गरिसकेको उनले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, रुपनी गाउँपालिका–६ का वडाध्यक्ष जगदीश दास, घरेलु तथा साना उद्योग कार्यालयका नेत्र बाँस्तोला, सघन शहरी विकास आयोजना राजविराजका इन्जिनीयर ब्रह्मदेव चौधरी तथा सञ्चारकर्मीलगायतको टोलीको उपस्थितिमा बन्द उद्योगको ताला फुटाएर समान जफत गरिएको प्रमुख आचार्यले बताए ।

कार्यालयका अनुसार ती उद्योगबाट करीब रु ४०/४५ लाख भाडाबापतको बक्यौता रकम उठाउन बाँकी छ । कृष्णा खाद्य उद्योगबाट करीब रु ११ लाख ७० हजार र पदमा ज्योति प्लाष्टिक उद्योगबाट रु आठ लाख ८० हजार भाडाबापतको रकम उठाउन बाँकी रहेको प्रमुख आचार्यले जानकारी दिए ।

भाडा नबुझाएका यी सबै उद्योग बन्द अवस्थामा रहेको र बक्यौता रकम बुझाउन पटक–पटक सूचना दिँदा समेत कुनै सुनुवाइ नभएपछि समान जफत गरी सेड खाली गराउन लागेको प्रमुख आचार्यको भनाइ छ ।

यसअघि गत वर्ष पनि औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले महालक्ष्मी खाद्य उद्योग र एसएण्ड इलेक्ट्रोनिक्सको समान जफत गरेको थियो । कूल २९४ रोपनी (साढे २२ बिघा) मा फैलिएको औद्योगिक क्षेत्रभित्र बैंक भवन, हुलाक, स्वास्थ्य क्लिनिक भवन, चमेना गृह, गेस्ट हाउस, विद्युत् टेलिफोनलगायत सम्पूर्ण सुविधासम्पन्न १० घरेलु उद्योग सञ्चालन गर्न सक्ने क्षमता छ ।

त्यसमा हाल मिलन डेरी उद्योग, महालक्ष्मी पेन्ट इन्ड्रष्ट्रिज, कोशी पोलिमर्स र उषा जल उद्योग सञ्चालनमा छन् । यस औद्योगिक क्षेत्रमा नेपाल सरकारका तर्फबाट कार्यालय प्रमुखसहित १० जना कर्मचारीको दरबन्दी छ । भारत सरकारको सहयोगमा विसं २०४४ मा शिलान्याश भएको उक्त औद्योगिक क्षेत्र निर्माण भएपश्चात २०५१ मा भारत सरकारले नेपाललाई हस्तान्तरण गरिसकेपछि त्यसमा नौ वटा उद्योग सञ्चालनमा आएका थिए ।

राजविराज औद्योगिक क्षेत्रका नामबाट २०४४ सालमा स्थापित उक्त औद्योगिक क्षेत्रलाई विकाश गर्ने उद्देश्यले हृदयेश त्रिपाठी उद्योगमन्त्री भएका बेला गजेन्द्रनारायण सिंहको नामसँग जोडेर गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको नाममा नामकरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सहज रुपमा नाका नखुल्दा चुलो बल्नै सकस सहज रुपमा नाका नखुल्दा चुलो बल्नै सकस १६ घण्टा पहिले
गाउँमै च्याउको बीउ उत्पादन हुने भएपछि मकवानपुरका किसान खुशी गाउँमै च्याउको बीउ उत्पादन हुने भएपछि मकवानपुरका किसान खुशी १४ घण्टा पहिले
प्रोत्साहन अभियानले दुई वर्ष बाँझो रहेको जग्गा खेतीयोग्य बन्दै प्रोत्साहन अभियानले दुई वर्ष बाँझो रहेको जग्गा खेतीयोग्य बन्दै २२ घण्टा पहिले
शेयरबजारमा तीन अर्बको आईपीओ आउँदै, सबैलाई शेयर पर्ने निश्चित शेयरबजारमा तीन अर्बको आईपीओ आउँदै, सबैलाई शेयर पर्ने निश्चित २२ घण्टा पहिले
ज्योति लाइफ इन्स्योरेन्सको ६६ करोडको आईपीओ फागुन २३ गतेदेखि निष्कासन हुने ज्योति लाइफ इन्स्योरेन्सको ६६ करोडको आईपीओ फागुन २३ गतेदेखि निष्कासन हुने २१ घण्टा पहिले
साइकल चढेर क्याम्पस र घर आवतजावत गर्ने विद्यार्थीलाई छात्रवृत्ति साइकल चढेर क्याम्पस र घर आवतजावत गर्ने विद्यार्थीलाई छात्रवृत्ति १५ घण्टा पहिले
चौथो नेपाल–बङ्गलादेश युवा सम्मेलन काठमाडौंमा चौथो नेपाल–बङ्गलादेश युवा सम्मेलन काठमाडौंमा १३ घण्टा पहिले
दुई महिलालाई टर्की पुर्‍याई बेचबिखन गर्ने २ जना पक्राउ दुई महिलालाई टर्की पुर्‍याई बेचबिखन गर्ने २ जना पक्राउ १८ घण्टा पहिले