नेपाली सेनाद्धारा कालिञ्चोकमा स्वास्थ्य शिविर सञ्चालन
नेपालबहस संवाददाता
माघ २६, २०७७ सोमबार १८:४३:१५
२६ माघ,चरीकोट । दोलखाको धार्मिक एवं पर्यटकीय क्षेत्र कालिञ्चोक भ्रमणमा जाने पर्यटकलाई ध्यानदिँदै तारा दल गण दोलखाले कालिञ्चोकको कुरीमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
चरीकोट अस्पतालसँग सहकार्य गरी गणले स्वास्थ्य शिविर सञ्चालन गरेको हो । गणका क्याप्टेन रोशन बस्नेतले कालिञ्चोक भगवती मन्दिर दर्शनका लागि आएका भक्तजन तथा पर्यटकलाई मध्यनजर गरी स्वास्थ्य शिविर सञ्चालन गरेको जानकारी दिएका छन् । शिविरमा आइतबार ६० पर्यटकको स्वास्थ्य परीक्षण गरिएको थियो । मौसममा परिर्वतन आएसँगै कालिञ्चोक क्षेत्रमा केही दिनअघि परेको हिमपातमा रमाउन आउने पर्यटकलाई हाई अल्टिच्युट (लेक लाग्ने) र श्वासप्रश्वासमा समस्या हुनका साथै स्वास्थ्यमा समस्या देखिने भएका कारण शिविर सञ्चालन गरिएको गणले जनाएको छ ।
हिउँ खेल्नका लागि उपयुक्त गन्तव्य बन्दै गएको जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा शनिबार बाक्लो हिमपात भएको थियो । ३८४२ मिटरको उचाइमा रहेको यस क्षेृत्रमा हिउँ खेल्नकै लागि काठमाडौं तथा तराईका विभिन्न जिल्ला र भारतदेखि पर्यटकहरु पुग्ने गर्दछन् । तराईका विभिन्न ठाउँबाट त्यस क्षेत्रमा हिउँ खेल्न जाने र हिमाली क्षेत्रका बारेमा जानकारी नहुने हुँदा धेरै पर्यटकको स्वास्थ्यमा समस्या हुने गरेको पाइएकाले यो वर्ष त्यस्ता पर्यटकलाई मध्यनजर गरी शिविरबाट स्वास्थ्य सेवा प्रदान गरिएको हो ।
कालिञ्चोकको कुरी क्षेत्रमा पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल सञ्चालनमा आएको भए पनि स्वास्थ्य चौकी तथा फार्मेसी सञ्चालनमा आउन सकेका छैनन । यस समयमा अधिकांश समय हिउँ पर्ने यस क्षेत्रमा पर्यटकलाई सामान्य स्वास्थ्य समस्या भए पनि सदरमुकाम चरीकोट ल्याउनुपर्ने बाध्यता रहेका छ । कालिञ्चोक तथा दोलखा उच्च क्षेत्रमा यो वर्षकै पहिलो पटक बाक्लो हिमपात भएको छ । हिउँ खेल्ने विभिन्न क्षेत्रबाट कालिञ्चोकमा आन्तरिक पर्यटक आउने गर्दछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण
बैशाख ३, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार