ओलीलाई नरभक्षी बाघ बनाउने प्रचण्ड–माधव
नेपालबहस संवाददाता
माघ २६, २०७७ सोमबार १९:१७:५
समाचार टिप्पणी
२६ माघ, काठमाडौं । सत्तारुढ नेकपाले यतिबेला सडक र सत्ता दुबै कब्जा गरेको छ । संसारमै नौलो उदाहरण प्रस्तुत गरेको छ, नेपाल कम्युनिष्ट पार्टीले । राजनीतिक रुपमा विभाजित देखिएका प्रधानमन्त्री केपी ओलीले सत्ता र सडक दुबै कब्जा गरेको अवस्था छ ।
फागुन २३ गते ओलीले राजधानीमा गरेको भेलालाई उनीसँग असहमतहरुले पञ्च¥याली भनेपनि यसको प्रतिकात्मक प्रभाव देखिएको छ । सत्तामा पनि ओली सडकमा पनि ओली । यस्तो अनौठो घटन संसारमा कतै भएको थाहा छैन् । तर ओली गर्बका साथ शक्ति प्रदर्शन भनेको त यस्तो पो हुन्छ भन्ने गर्छन् ।
दुनियाँलाई थाहा छ, ओली कम्युनिष्ट खोल ओढ्नेमा पर्छन् । तर उनको शैली र व्यवहार हेर्ने हो भने संसारकै सबैभन्दा पुँजीवादीको जस्तो छ । शान सौकत र व्यवहार पूरै शाही शैलीका छन् । तर कम्युनिष्ट ट्याग हटाउन भने उनी चाहँदैनन् । त्यो भनेका दुनियाँ ठग्ने एउटा चाल मात्र हो ।
गएको निर्वाचनमा दुई कम्युनिष्ट घटक मिल्दा झण्डै दुई तिहाईको साथ र समर्थन प्राप्त भएको छ ओलीलाई । तर उनले त्यो प्रचण्डमतको महत्व बुझेनन् वा बुझ्न आवश्यक ठानेनन् । तीन वर्ष नपुग्दै उनको भनाई र गराईमा जमिन आसमानको भिन्नता देखियो ।
नेपाली जनता चाहिं ओली, प्रचण्ड र माधवका गोठाला मात्रै हुन् त ? उनीहरु मिल्दा जे पनि हुने नमिल्दा सबै गुमाउनुपर्ने ? जनताले दिएको भोट भाग शान्ति , जय नेपालका लागि होइन, विकास र समृद्धिका लागि हो । त्यसको गलत फाइदा उठाउने कम्युनिष्ट नेताहरुको बडप्पन नेपाली जनताले सहन गर्नुपर्ने वाध्यता के हो ?
राष्ट्रवादी नेताको छवि बनाएर चुनाव जितेका उनको व्यक्तित्व पछिल्ला दिन उसैको कम्तियामा रुपान्तरण भएको छ । कुनैबेला भारतविरुद्ध चट्टानी अडान लिएको महान राष्ट्रवादी नेता बनेका ओली फेरि लेण्डूप दोर्जीको नेपाली संस्करणका रुपमा लिइन थालेका छन् , त्यो पनि उनकै सहकर्मीहरुबाट । सत्तामा पुगेपछि सेरोफेरो मेरो भन्ने व्यवहारमा अभिशप्त ओली शासनले धेरैको मथिंगल रन्थनाई दिएको छ । अब उनी सत्ता र शक्ति कसैलाई हस्तान्तरण गर्न चाहँदैनन् । त्यसैले सडक र सत्ता दुबै कब्जा गर्न उनी लागिरहेका छन् ।
अर्कातिर ओलीसँगै असहमत पक्षको काम गराई पनि अचम्मको छ । राजनीतिक रुपमा विभाजित भएका दुई गुटमध्ये पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षको काम गराई समेत विचित्रको देखिन्छ । एउटै पार्टीमा रहँदासम्म ओलीलाई मैमत्त हुन दिने, गल्ती गर्दा लगाम लगाउन नसक्ने , तर प्रतिनिधिसभा विघटन गरेपछि भने रुवावासी गर्ने प्रचण्ड – माधव पक्षको प्रवृत्ति पनि आजको अवस्था ल्याउने कारक हो । अहिले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा संसद सचिवालय कब्जा गरेर बसेका छन् ।
उनी पनि ओली जस्तै संसद्मा बसेर सर्वाेच्च अदालतमा सरकारविरुद्ध कानूनी लडाई लडेको देखिन्छ । तर पार्टी भने दुुबै पक्षले विभाजित भएको मान्दैन । ओलीले प्रचण्डलाई कार्यकारीबाट र नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट मात्र हटाएको दाबी गरेका छन् । साथै संगै मिलेर चुनावमा सहभागी हुन आह्वानसमेत गरिरहेका छन् ।
अख्तियार, निर्वाचन आयोगलगायत संवैधानिक निकायमा उनको कब्जा भएको छ । सबै निकाय ओलीमय छन् । ओली विरोधी गतिविधि बर्जित छन् । यस्तो अवस्थामा के होला ? निश्चित रुपमा ओलीतन्त्र स्थापना हुने हो । यसका लागि ओली मात्र दोषी छैनन् । ओलीलाई नरभक्षी बाघ बनाउने काम प्रचण्ड–माधवले गरेका हुन् ।
उता, प्रचण्ड–माधव पक्षले पनि ओलीबाट आत्मालोचना गर्ने प्रतिबद्धता र विघटन फिर्ता गर्ने हो भने मिलेर जान सकिने बताइरहेको छ । यसबाट के प्रष्ट हुन्छ भने दुबै पक्षको चाहना भनेको सत्ता प्राप्ती मात्रै हो । सत्ता पाउनका लागि उनीहरु झगडा पनि गर्ने र प¥यो भने मिलिपनि हाल्ने प्रवृत्ति प्रष्ट देखियो ।
अब प्रश्न उठ्छ–नेपाली जनता चाहिं ओली, प्रचण्ड र माधवका गोठाला मात्रै हुन् त ? उनीहरु मिल्दा जे पनि हुने नमिल्दा सबै गुमाउनुपर्ने ? जनताले दिएको भोट भाग शान्ति , जय नेपालका लागि होइन, विकास र समृद्धिका लागि हो । त्यसको गलत फाइदा उठाउने कम्युनिष्ट नेताहरुको बडप्पन नेपाली जनताले सहन गर्नुपर्ने वाध्यता के हो ? जनता अब नेताहरुले सोचेभन्दा धेरै माथिल्लो स्तरमा छन् । के ठीक र गलत भन्ने विभेद राम्रो बुझेका छन् । त्यसैले अन्तिम फैसला गर्दा जनताले धेरै कुरामा ध्यान दिने बेला आइसकेको छ ।
ओलीको तानाशाही सोच र प्रचण्ड माधवको सत्ता प्राप्तिको मृगतृष्णाले देश अधोगतिमा लागेको हो । प्रधानमन्त्री ओलीले राज्यका तीनवटै अंगलाई वशीभूत पार्न खोजेका छन् । त्यसबाट उनको अभिष्ट पूरा भएन भने सडक नै कब्जा गर्नसमेत तयार रहेको सन्देश उनले दिएका छन् । ओलीले राष्ट्रपतिलाई त धेरै अघिबाटै रबरस्टाम्प बनाइसकेका हुन् ।
बेला बेला ओली गर्जन यस्तो हुने गर्छ– सबैतिर सेटिङ भइसकेको छ, प्रतिनिधिसभा पुनस्थापना हुँदैन, ढुक्क हुनुहोस् । ओलीका यी बचनले दिने सन्देश के हो ? निश्चित रुपमा सबै निकायमा उनी कब्जा गर्न उद्यत् छन् । सबैतिरको सन्तुलन र नियन्त्रणको पर्खाल भत्किएपछि आउने निश्कर्ष हो – तानाशाहीतन्त्र । त्यही तन्त्रको स्थापना नै ओलीको एक मात्र लक्ष्य देखिन्छ ।
ओलीले आफ्नो राजनीतिक भविष्य बचाइराख्न यो बाटो अपनाएको देखिन्छ । अख्तियार, निर्वाचन आयोगलगायत संवैधानिक निकायमा उनको कब्जा भएको छ । सबै निकाय ओलीमय छन् । ओली विरोधी गतिविधि बर्जित छन् । यस्तो अवस्थामा के होला ? निश्चित रुपमा ओलीतन्त्र स्थापना हुने हो । यसका लागि ओली मात्र दोषी छैनन् । ओलीलाई नरभक्षी बाघ बनाउने काम प्रचण्ड–माधवले गरेका हुन् ।
हिजो बेलैमा ओलीको महत्वकांक्षामा बिराम लगाउने काम गरेका भए आज देशले यो दुर्दिन भोग्न पर्ने थिएन । ओलीको सत्ताकब्जाको स्वरुप हेर्दा नेपाली जनताले फेरि बलिदानी दिएरै लोकतन्त्रलाई पुनस्थापित गर्नुपर्ने अवस्था आइपरेको छ । जनता सडकमा आएर ओलीलाई पनि ज्ञानेन्द्रकै जसरी मिल्काउनुपर्ने वाध्यता आउने छाँटकाँट देखिएको छ । त्यसैले यसका लागि सबै राजनीतिक शक्तिले आफूलाई बदल्ने बेला आइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार