एकैदिन दुई मोटरेबल पुल उद्घाटन
नेपालबहस संवाददाता
माघ २६, २०७७ सोमबार २१:२८:४६
२६ माघ, पर्वत। दुई वटा मोटरेबल पुलको एकैदिन उद्घाटन गरिएको छ । जिल्लाको मोदी गाउँपालिकामा पर्ने रति खोला र कुश्मा नगरापलिका–३ अम्बोट खोलामा निर्माण सम्पन्न दुई पक्की पुलको आइतबार एकैसाथ उद्घाटन भएको हो ।
मोदी गाउँपालिकाको डिमुवा–राम्जा–चित्रे सडकमा पर्ने रतिखोला पुलको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कुश्मा नगरपालिकाको अम्बोट–दुर्लुङ सडकमा पर्ने अम्बोटखोला पुल भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले उद्घाटन गरिएको हो । रति खोलामा निर्माण भएको पुल रु १० करोड ४५ लाख ९८ हजारको लागतमा निर्माण सम्पन्न भएको पुलको लम्बाई ७० मिटर रहेको छ । दुवैतिर १।७५ मिटरको फुटपाथ रहेको पुलको चौडाई ७.५० रहेको छ ।
यो पुल निर्माण भएपछि वर्षौदेखि खोलाबाट हिँड्न बाध्य मोदी गाउँपालिका–६, ७ र ८ का बासिन्दा हर्षित भएका छन् । अब उक्त क्षेत्रमा बाह्रैमास सडक सञ्चालन हुने भएको छ । पुल नहुँदा वर्षेनी खोलाले बगाएर नागरिक ज्यान गुमाउन बाध्य भएका थिए । २०७२ सालदेखि निर्माण शुरु भएको उक्त पुल जग्गा विवाद, भूकम्प, कोरोनालगायतका कारणले ढिलाइ भएको हो ।
यो पुललाई पोखरा–बागलुङ राजमार्गको वैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने छ । यस पुलले मोदी गाउँपालिकाको चित्रे–आर्थर–कार्कीनेटा हुँदै पर्वतको दक्षिण तथा स्याङ्जा जिल्लासमेत पुग्न सकिन्छ । धार्मिक तथा पर्यटकीय सडकको रुपमा विकास भइरहेको पोखरा–पामे–पन्चासे सडकलाई यस पुलले जोड्ने छ ।
त्यसैगरी अम्बोट खोलामा निर्माण सम्पन्न पुलले कुश्मा नगरपालिका–३ का साथै मोदी गाउँपालिकाको वडा नं ४ को हलहले, क्याङ तथा वडा ५ को बाजुङका स्थानीयवासी लाभान्वित हुने भएका छन् ।
अम्बोेट खोलामा निर्मित पुलको लम्बाई २५ मिटर र चौडाइ ७ दशमलव ५० मिटर रहेको छ । सिङ्गल स्पान रहेको यो पुल रु चार करोड १७ लाख ६२ हजार लागतमा निर्माण भएको हो । अम्बोट खोला पुलले दुर्लुङ बाजुङ –हलहले –क्याङ–लेस्पार सडकको कनेक्टीभिटीको रुपमा काम गर्ने स्थानीयवासीले बताएका छन् । यो पुल २०७५ साल पुसदेखि निर्माण शुरु भएकोमा गत असोजमा सम्पन्न भएको थियो ।
दुवै पुल सडक डिभिजन कार्यालय बागलुङमार्फत निर्माण भएको हो । यस वर्ष पर्वतमा थप पाँचवटा मोटरेबल पुल निर्माणाधीन अवस्थामा छन् ।
महाशिलाले बनायो सभागृह
महाशिला गाउँपालिकाले झण्डै रु एक करोड लागतमा सभागृह निर्माण गरेको छ । गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्न एकतले बहुउद्देश्यीय भवन गण्डकी प्रदेश सरकार र पालिकाको लागत साझेदारीमा रु ९८ लाख बराबरको भवन निर्माण गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय
बैशाख ४, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्डले स्वीच थिचेर गरे नागढुंगा सुरुङमार्ग छिचोलिएको घोषणा
बैशाख ३, २०८१ सोमबार
नागढुंगा सुरुङमार्गमा गाडी चलाउन अझै एक वर्ष कुर्नुपर्ने
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान
बैशाख ७, २०८१ शुक्रबार
बैंकहरुको मुनाफा घट्यो, ९ महीनामा ४०.६८ अर्ब आम्दानी
बैशाख ७, २०८१ शुक्रबार
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार
कोशी प्रदेशमा संकल्प प्रस्ताव बहुमतले पारित
बैशाख ७, २०८१ शुक्रबार
बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार