राष्ट्रिय महिला लिग : एपीएफकाे अपराजित यात्रा कायम
नेपालबहस संवाददाता
माघ २६, २०७७ सोमबार २३:३५:३
२६ माघ, काठमाडौं । एपीएफले क्लबले राष्ट्रिय महिला लिग फुटबलमा अपराजित यात्रालाई कायम राखेको छ । अपराजित यात्रा कायम राख्ने क्रममा एपीएफले सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४-० ले पराजित गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा लिग लिडर एपीएफका लागि सावित्रा एक्लैले ८ गोल गरिन् । जारी लिगमा अपराजित एक्लो टिम एपीएफले लगातार सात खेल जित्दै २१ अंक जोडेको छ । एपीएफले दोस्रो स्थानको आर्मीमाथि ५ अंकको अग्रता समेत बनाएको छ ।
उता चौदण्डीगढीको भने यो लगातार सातौं हार हो । उदयपुरको टिम अहिलेसम्म अंकविहीन छ । एपीएफको पराकिलो जितमा सावित्राले खेलको चौथो मिनेटमै गोलको खाता खोलेकी थिइन् । उनले १८औं र ३६औं मिनेटमा गोल गर्दै पहिलो ह्याट्रिक पूरा गरिन् । यस्तै ४३औं, ५३औं र ५६औं मिनेटमा गोल गर्दै दोहोरो ह्याट्रिक पूरा गरेकी सावित्राले ७२औं र ८७औं मिनेटमा पनि गोल थपिन् ।
यस्तै अनिता केसीले २४औं र ४०औं मिनेटमा गोल गरिन् भने कप्तान अनिता बस्नेतले पहिलो हाफको इन्जुरी टाइम र ६४औं मिनेटमा गोल गरिन् । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी अनु लामाले ७६औं र रवीना गोलेले ७९औं मिनेटमा गोल गरिन् ।
जितपछि एपीएफको ७ खेलबाट २१ अंक छ । समान खेलबाट आर्मी १६ अंकसहित दोस्रो स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
क्रोएसियाले इजिप्टमाथि ४-२ को जित निकाल्दा लुका मोड्रिचले दुई गोल गरे
चैत १५, २०८० बिहिबार
इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
पर्यटक नभएपछि अध्यागमन कार्यालय तीन वर्षदेखि सुनसान
चैत १६, २०८० शुक्रबार
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार